अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु

काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा सार्वजनिक भएको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज सुरु भएको नाडा अटो शोमा सो कार सार्वजनिक गरेको हो ।

भारतीय बजारमा सार्वजनिक भएसंगै नेपाल आउने चर्चा चलेको टियागो ईभी सस्तो मूल्यमा उपलब्ध हुने अपेक्षाका कारण चर्चामा रहेको थियो । जसको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याएको हो।

सो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ भने सर्ट रेन्जमा १९.२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको लङ रेन्ज भेरिएन्टले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । साथै सर्ट रेन्जले २५० किलोमिटर रेन्ज दिने दावी छ ।

यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ । टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ : १३१ युनिट स्काईवेल ईभी बुकिङ

नाडा अटो शो २०२५ : १३१ युनिट स्काईवेल ईभी बुकिङ

काठमाडौं – हिजो सम्पन्न नाडा अटो शो २०२५ मा स्काईवेल ईभी १३१ युनिट बुकिङ...

फायर रेजिस्टेन्स ब्याट्रीयुक्त कोमाकी भेनिस इको नेपालमा : पहिलो १०० ग्राहकलाई २४ हजार फाइदा

फायर रेजिस्टेन्स ब्याट्रीयुक्त कोमाकी भेनिस इको नेपालमा : पहिलो १०० ग्राहकलाई २४ हजार फाइदा

काठमाडौं – नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी...

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

काठमाडौं – टाटा जेन्युइन पार्ट्सकाे नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...