बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – मोटरहेड ब्रान्डका बाइकको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा सहितको आउटलेट भक्तपुरको सल्लाघारीमा खुलेको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले यसको स्थापना गरेको हो ।
केही दिन पहिले काठमाडौंको बालाजुमा मोटरहेडले आफ्नो थ्रीएस सुविधा सहितको आउटलेट शुभारम्भ गरेको थियो ।
बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएको एसएलआर टेक्नो एण्ड ट्रेडले जनाएको छ ।
कम्पनीले काठमाडौं उपत्यका भित्र ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिसकेको छ । ललितपुरमा धोविघाट, काठमाडौंमा बालाजू र भक्तपुरमा सल्लाघारीमा सर्भिस सेन्टर स्थापना भएको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । ‘छिट्टै मित्रपार्कमा पनि सुविधा सम्पन्न सर्भिस सेन्टर खुल्दैछ,’ उनले भने ।
नेपाल अधिराज्य भर प्रायः सबै क्षेत्रमा उपलब्ध हुने यी बाइक चीनमा उत्पादन भएका हुन् । कम्पनीले, सोही अनुसार ग्राहकहरुमा दुविधा नरहोस भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती काल देखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सन्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास गरिएको बताएको छ ।
हाल उपत्यकामा यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क र चावहिल गरी चार स्थानमा रहेको छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । हाल कम्पनीमा टेक्कन २५०, स्क्र्याम्बर २५०, स्पोर्ट्स रोड २५०, स्पोर्ट्स अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टका ७ मोडलहरु रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...