होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले भारतीय बजारलाई लक्षित गरी नयाँ सेडान ल्याउने भएका छन् । बजारमा एसयुभी सेग्मेन्टका गाडीको दवदवा कायमै रहेको अवस्थामा यी तीन कम्पनीले भने सेडान कार ल्याउन लागेका हुन् । यी कार यसै वर्षको अन्तयसम्ममा लन्च भइसक्ने जनाइएको छ । भारतमा बिक्री शुरु भएपछि यी कार नेपाली बजारमा समेत आउनेछन् ।

जापजिन अटो निर्माता होन्डाले अवको केही हप्तापछि आफ्नो लोकप्रिय सेडान सिटी को फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । होन्डाले यो नयाँ मोडलको फ्रन्ट फेसियामा नयाँ पन दिएको छ । साथै यसको ग्रिल र वम्पर तथा एलोई ह्विल नयाँ हुने जनाइएको छ । यसको पावरट्रेन र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिने छैन । यो नयाँ कार १.५ लिटर पेट्रोल र स्ट्रङ हाइव्रिडमा उपलब्ध हुनेछ । यो कार ६ स्पिड म्यानुअल, सिभिटी र ई–सिभीटी ट्रान्समिनमा उपलब्ध हुनेछ ।

कोरियन अटो निर्माता हुन्डाइले नयाँ जेनेरेशन भर्नाको वुकिङ खुल्ला गरेर छिट्टै लन्च हुने जनाउँ दिइसकेको छ । नयाँ भर्ना इएक्स, एस एसएक्स र एसएक्स(ओ) गरी कुल चार भेरिएन्टमा उपलब्ध हुनेछ । यो नयाँ कारमा १.५ लिटर क्षमताको नयाँ टर्वो पेट्रोल इन्जिन जडान हुनेछ । जसको अधिकतम पावर १६० पिएस र टर्क २५० एनएम रहने दावी गरिएको छ । नयाँ भर्नाको एक्सटेरिय र इन्टेरियरमा हुन्डाईले व्यापक परिमार्जन गरेको छ । यो कार ६ स्पिड म्यानुअल र ७ स्पिड डिसिटी ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

यसैगरी चेक रिपव्लिकन अटो निर्माता स्कोडाले पनि यसै वर्षको अन्त्यसम्ममा अक्टाभियाको हाइव्रिड भर्सन उतार्ने तयारी गरिरहेको छ । यो नयाँ कारलाई स्कोडाले आरएस आईभी नाम दिएको छ । रेगुलर अक्टाभियाको इन्टेरियर र एक्सटेरियरमा प्रशस्तै अपडेट भएर आउन लागेको यसमा १.४ लिटर फोर सिलिन्डर टिएसआई इन्जिन जडान हुनेछ । यो कारको पावर २४५ एचपी र टर्क ४०० एनएम रहने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...

हुन्डाईले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड भारु लगानी गर्ने

हुन्डाईले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड भारु लगानी गर्ने

दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा...

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...