रोयल इन्फिल्डको हन्टर कार्निभल सम्पन्न, प्रतिस्पर्धामा विजयीलाई गरियो पुरस्कृत
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिएको भए पनि रिपोर्टका अनुसार ३ वटै बाइकलाई फरक–फरक सेगमेन्टमा ल्याउन सकिने अनुमान गरिएको छ । कम्पनीले सो बाइक यस वर्षको अन्त्यसम्ममा लन्च गर्नेछ ।
नयाँ बुलेट ३५०
मिडिया रिपोर्टका अनुसार नयाँ पुस्ताको बुलेट ३५० ल्याउने तयारी भइरहेको छ । यसमा ३४९ सीसीको नयाँ आयलकुल्ड ओएचसी इन्जिन दिइने अनुमान गरिएको छ । सो बाइकमा जे सिरिज इन्जिन भएको क्लासिक ३५० जस्तै धेरै समानता हुनेछ । सो इन्जिनले २०.२ बीएचपी र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य लगभग हन्टर ३५० को मूल्य बराबर हुनेछ ।
न्यू हिमालयन ४५०
टुर बाइक प्रेमीका लागि कम्पनीले नयाँ हिमालयन ४५० ल्याउने छ । मिडिया रिपोर्टका अनुसार यो बाइक लन्च हुनुअघि परीक्षणका क्रममा सडकमा धेरै पटक देखिएको छ । बाइकमा ४५० सीसी सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन दिइएको छ, जसले ४० बीएचपी पावर जेनेरेट गर्छ ।
शटगन ६५०
रोयल इन्फिल्डले ६५० सीसी सेग्मेन्टमा नयाँ बाइक शटगन ६५० ल्याउने भएको छ । सो बाइक भारतमा परीक्षणको क्रममा पनि देखिएको छ । रिपोर्टका अनुसार यसमा ६४८ सीसीको समानान्तर ट्विन सिलिन्डर इन्जिन दिइनेछ ।
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
रोयल इन्फिल्डले हालै आफ्नो नयाँ स्क्रायाम्बलर बाइक स्क्राम ४११ लन्च गरेको...
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...