रोयल इन्फिल्ड नेपाल अब मोटरसाइकल स्पोर्ट्समा पनि, फ्ल्याट ट्रयाक फन आयोजना गर्दै
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...
रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिएको भए पनि रिपोर्टका अनुसार ३ वटै बाइकलाई फरक–फरक सेगमेन्टमा ल्याउन सकिने अनुमान गरिएको छ । कम्पनीले सो बाइक यस वर्षको अन्त्यसम्ममा लन्च गर्नेछ ।
नयाँ बुलेट ३५०
मिडिया रिपोर्टका अनुसार नयाँ पुस्ताको बुलेट ३५० ल्याउने तयारी भइरहेको छ । यसमा ३४९ सीसीको नयाँ आयलकुल्ड ओएचसी इन्जिन दिइने अनुमान गरिएको छ । सो बाइकमा जे सिरिज इन्जिन भएको क्लासिक ३५० जस्तै धेरै समानता हुनेछ । सो इन्जिनले २०.२ बीएचपी र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य लगभग हन्टर ३५० को मूल्य बराबर हुनेछ ।
न्यू हिमालयन ४५०
टुर बाइक प्रेमीका लागि कम्पनीले नयाँ हिमालयन ४५० ल्याउने छ । मिडिया रिपोर्टका अनुसार यो बाइक लन्च हुनुअघि परीक्षणका क्रममा सडकमा धेरै पटक देखिएको छ । बाइकमा ४५० सीसी सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन दिइएको छ, जसले ४० बीएचपी पावर जेनेरेट गर्छ ।
शटगन ६५०
रोयल इन्फिल्डले ६५० सीसी सेग्मेन्टमा नयाँ बाइक शटगन ६५० ल्याउने भएको छ । सो बाइक भारतमा परीक्षणको क्रममा पनि देखिएको छ । रिपोर्टका अनुसार यसमा ६४८ सीसीको समानान्तर ट्विन सिलिन्डर इन्जिन दिइनेछ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...
हार्ले डेभिडसनले आधिकारिक रूपमा आफ्नो नयाँ बाइक एक्स४४० सार्वजनिक गरेको छ...
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...