३ लाख युनिट बिक्री भयो हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु

हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु सन् २०१९ मा लन्च भएदेखि भारतमा ३ लाखभन्दा बढी युनिट बिक्री भएको छ । यो भन्दा पहिले सन् २०२० जुन सम्ममा १ लाख भेन्यु बिक्री गरी कम्पनीले कोसेढुङ्गा पार गरेको थियो ।

हुन्डाई भेन्युको साइज अलिकति सानो छ, जसको कारण यो मुख्यतया दैनिक रूपमा सहरको सीमाभित्र कार चलाउने ग्राहकमाझ लोकप्रिय बनेको छ । कम्पनीले हुन्डाई भेन्यु पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पसहित लन्च गरेको छ ।

हुन्डाई भेन्यु ४ भेरिएन्ट ई, एस, एसएक्स र एसएक्स (ओ) र १३ मोडेलमा लन्च गरिएको थियो । सो एसयूभी ६ स्पिड म्यानुअल गियरबक्स र ७ स्पिड डबल क्लच ट्रान्समिसन विकल्पमा उपलब्ध छ । साथै यसमा सेमी अटोमेटिक ट्रान्समिसनको विकल्प पनि थपिएको छ । नेपाली बजारमा यसको बेस भेरिएन्टको मूल्य ३७ लाख ९६ हजार छ भने सबैभन्दा शीर्ष भेरिएन्टको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ छ ।

हुन्डाई भेन्युको क्याबिनमा धेरै एड्भान्स फिचर जडान गरिएको छ । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो, रियर एसी भेन्ट्स, एयर प्युरिफिकेशन सिस्टम, सनरुफ जस्ता फिचरले सुसज्जित छ ।

सम्बन्धित समाचारहरू

आकर्षक डिजाइन र उन्नत सुविधासहित नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च

आकर्षक डिजाइन र उन्नत सुविधासहित नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च

हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु लन्च गरेको छ । यसको...

यस्तो छ हुन्डाईको पेट्रोल गाडीमा सिफारिस गरिएको इन्जिन आयल

यस्तो छ हुन्डाईको पेट्रोल गाडीमा सिफारिस गरिएको इन्जिन आयल

इन्जिन सवारीसाधनको सबैभन्दा महत्वपूर्ण र संबेदनशिल अंग हो । इन्जिन बलियो...

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...