१६० किलोमिटर रेन्ज दिने एथरको नयाँ स्कुटर लन्च, मूल्य पनि सस्तो
एथर इनर्जीले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर ‘कोनार्क’ लन्च गरेको...
काठमाडौं–आईकार भी२३ खरिद गर्ने ग्राहकका लागि लागु गरिएको विशेष छुटको अफर नाडा अटो शो समापन भएसंगै आज समाप्त हुँदैछ ।
आईकारको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो चर्चित तथा लोकप्रिय मोडलमा ल्याएको यस अफरअन्तर्गत नाडा अटो शोको अवधिभर ग्राहकहरूले नियमित बिक्री मूल्य ५३ लाख ९९ हजार पर्ने भी२३ ३ लाख छुटका साथ ५० लाख ९९ हजारमै खरिद गर्ने अवसर पाएका थिए ।
कम्पनीले नाडा अटो शोमा गाडी खरिदकर्ताहरूलाई थप राहत र सुविधा पु¥याउने उद्देश्यले अफर सार्वजनिक गरेको हो । ३ लाख रुपैयाँ नगद छुटका अतिरिक्त नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाटको होम चार्जर, १ वर्षको निःशुल्क सवारी बीमा तथा ११ वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत प्राप्त गर्नेछन् ।
आईकार भी२३ मा १०० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर राखिएको छ भने ५९.९३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
कारको ड्यासबोर्डमा १५.४ इन्चको २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रिन, स्क्वायर सेपका एयरभेन्ट, स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज ¥याक र हिडन डोर ह्यान्डल जस्ता आधुनिक विशेषता उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...