बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हाल बजारमा थ्री सिलिन्डर इन्जिनको क्रेज बढी रहेको छ । सबैलाई थ्री सिलिन्डरको बारेमा उत्सुक्ता जाग्न सक्छ । अल्टो र हुन्डाई इयोन जस्ता इन्ट्रि लेवल कारमा ३ सिलिन्डर इन्जिन प्रयोग गर्ने गरिएकोमा अहिले भने बजारमा ३ सिलिन्डर इन्जिन हरेक कारमा देख्न सकिन्छ, चाहे इन्ट्रि लेवल कार होस् या बीएमडब्ल्यु जस्ता प्रिमियम कार ।
सबै इन्जिनको कार्य फोर स्ट्रोक प्रिन्सिपलमा आधारित
सबैभन्दा पहिला इन्जिनले कसरी कार्य गर्छ भन्ने बुझ्नु पर्छ । इन्जिनले फोर स्ट्रोक प्रिन्सिपलमा काम गरेको हुन्छ । इन्जिनमा सिलिन्डर हुन्छ र हरेक एक सिलिन्डरमा ४ स्ट्रोक प्रोसेस हुन्छ । पिस्टन तलबाट माथि र माथिबाट तल जानुलाई स्ट्रोक भनिन्छ । पहिलो स्ट्रोकमा सिलिन्डर भित्र एयर र फ्युलको मिक्सचर आएको हुन्छ । दोस्रो स्ट्रोकमा यसलाई कम्प्रेस गरेको हुन्छ । तेस्रो स्ट्रोकमा कम्प्रेस्ड एयरमा स्पार्क प्लगको मदतले आगो लगाइएको हुन्छ । चौथो स्ट्रोकमा आगो लाग्नुको कारणले पावर जेनेरेट गर्छ । यसले पिस्टन तल जान्छ र क्र्यांकशाफ्ट घुमाउँछ । यही तागतले गाडीलाई घुमाउने काम गर्छ ।
सबै कारमा फोर स्ट्रोक प्रोसेस
इन्जिन चाहे ३ सिलिन्डरको होस या ४ सिलिन्डर या ६/८/१२ सिलिन्डर या कुनै पनि कन्फिग्रेसनको होस, हरेक सिलिन्डरमा ४ स्ट्रोक प्रोसेस हुन्छ । अर्थात् सबैमा फायरिङ हुन्छ । फायरिङ अर्थात् ३ स्ट्रोकमा स्पार्क प्लग, एयर र फ्युलको मिश्रणमा जुन आगो लागेको हुन्छ, सो आगो लगाउने प्रोसेसलाई नै फायरिङ भनिन्छ । सो प्रोसेस लगातार चलिरहेको हुन्छ ताकि लगातार पावर जेनेरेट भइरहोस् ।
हरेक सिलिन्डरमा एक साथ फायरिङ गर्न सकिदैन होइन भने इन्जिनमा हानी पुग्न सक्छ । हरेक सिलिन्डरमा फायरिङको लागि अलग टाइम सेट गर्नु पर्छ । उदाहरणको लागि यदि फोर सिलिन्डर इन्जिनमा कुनै एक सिलिन्डरमा फायरिङ गर्नको लागि एक फायरिङ इन्टरवल दिनु पर्छ ।
फायरिङ इन्टरवलको फर्मूला, ७२०/ सिलिन्डर
१. फोर सिलिन्डर इन्जिनको लागि ७२०/४ वा १८० डिग्री
जब क्र्यांकशाफ्ट १८० डिग्री घुम्दा एक सिलिन्डरमा फायरिङ हुनु पर्छ । साथै हरेक १८० डिग्रीमा अलग अलग सिलिन्डरमा फायरिङ हुनु पर्छ ।
२. थ्री सिलिन्डर इन्जिनको लागि, ७२०/३, २४० डिग्री
क्र्यांकशाफ्ट २४० डिग्री घुम्दा कुनै एक सिलिन्डरमा फायरिङ हुन्छ । पुनः २४० डिग्री घुम्दा दोस्रो सिलिन्डरमा फायरिङ हुन्छ । अलग अलग कम्पनी अनुसार कुन सिलिन्डरमा पहिला फायरिङ हुन्छ र यसको क्रम के हुन्छ भन्ने तय गरेको हुन्छ । ३ सिलिन्डर इन्जिनको लागि कुनै कम्पनी १, २, ३ हुन्छ भने कुनै कम्पनीले १, ३, २ तरिकाले राखेको हुन्छ ।
थ्री सिलिन्डर इन्जिनमा हानी
३ सिलिन्डर भएको कारणले गर्दा यसको पावरमा कमी पनि रहेको हुन्छ । जति धेरै सिलिन्डर हुन्छ त्यति नै बढी पावर जेनेरेट गर्छ । ३ सिलिन्डर इन्जिनमा पावर कम रहेको हुन्छ । पावर बढाउनका लागि केही कम्पनीले टर्बाे चार्जरको प्रयोग गरेको हुन्छ ।
४ सिलिन्डर इन्जिनमा क्र्यांकशाफ्टको हरेक १८० डिग्री घुम्दा फायरिङ हुन्छ । ३ सिलिन्डर इन्जिनमा क्र्यांकशाफ्टको २४० डिग्री घुम्दा फायरिङ हुन्छ । यसको अर्थ पावर डेलिभरीमा केही समय लाग्छ ।
जति धेरै सिलिन्डर हुन्छ, त्यसलाई क्र्यांकशाफ्टबाट ब्यालेन्स गर्न सजिलो हुन्छ । ३ सिलिन्डर इन्जिनमा क्र्यांकशाफ्टमा ३ सिलिन्डर जोडिएको हुन्छ । यसमा ब्यालेन्समा थोरै समस्या हुन्छ । ब्यालेन्सको कारणले गर्दा इन्जिनमा भाइब्रेशन हुन्छ ।
थ्री सिलिन्डर इन्जिनमा फाइदा
जति कम सिलिन्डर हुन्छ त्यति नै इन्जिनको तौल कम हुन्छ । जसले गर्दा एउटा कुनै ब्राण्डलाई समग्र तौल बचत गर्न मदत पुग्छ । यसले माइलेज पनि बढी हुन्छ ।
टर्बाे चार्ज प्रविधिबाट सानो इन्जिनको परफर्मेन्स पनि बढाउन सकिन्छ । यसले इन्जिन सानो पनि हुन्छ, माइलेज पनि बढ्ने र परफर्मेन्स पनि बढी हुन्छ । त्यसैले कार निर्माता कम्पनीहरुले हाल टर्बाे चाज्र्ड इन्जिनको प्रयोग बढाइरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...