भारतमा मारुति सुजुकीको ३ करोड कार बिक्री, अल्टो मात्रै ४७ लाख युनिट

मारुति सुजुकीले भारतमा कार उत्पादन थालेको ४२ वर्ष पुरा गरेको छ । यस अवधीमा कम्पनीले घरेलु बजारमा ३ करोड युनिट कार बिक्री गरेर नयाँ माइलस्टोन हाँसिल गरेको छ ।

सन् १९८३ मा आफ्नो पहिलो कार मारुती ८०० डेलिभरी गरेर यात्रा थालेको मारुतीले १ करोड युनिटको बिक्री हासिल गर्न थप २८ वर्ष २ महिना कुर्नु परेको थियो ।

कम्पनीले अर्को १ करोड युनिट केवल ७ वर्ष ५ महिनामा बिक्री गरेको थियो भने बाँकी १ करोड युनिट ६ वर्ष ४ महिनामा बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको हो ।

३ करोड युनिटमध्ये, अल्टो ४७ लाख भन्दा बढि युनिटसहित सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ । ३४ लाख युनिटभन्दा बढी बिक्रीका साथ वागन आर दोस्रो र ३२ लाख युनिटभन्दा बढी बिक्री हुँदै स्विफ्ट तेस्रो धेरै बिक्री हुने मेडल बनेका छन् । ब्रेजा र फ्रोन्क्स पनि ब्रान्डको पोर्टफोलियोमा सबैभन्दा लोकप्रिय मोडेलहरूको शीर्ष १० सूचीमा परेका छन् ।

‘३ करोड ग्राहकहरूले आफ्नो मोबिलिटीको सपना साकार पार्न मारुति सुजुकीमा विश्वास गरेका छन्, यसले मलाई विनम्रता र कृतज्ञताले भरिपूर्ण बनाउँछ’ मारुति सुजुकी इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हिसाशी ताकेउचीले भने ।

सम्बन्धित समाचारहरू

एक महिनामै मारुती सुुजुकीले बेच्यो २ लाख युनिट कार, एसयुभीमा ९० प्रतिशतले बृद्धि

एक महिनामै मारुती सुुजुकीले बेच्यो २ लाख युनिट कार, एसयुभीमा ९० प्रतिशतले बृद्धि

मारुती सुजुकीले अक्टोबरमा हालसम्मकै धेरै कार बिक्री गरेको छ । गत महिना...

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

मारुती सुजुकीले कम्प्याक्ट एसयुभीमा सर्बाधिक सफल मानिएको ब्रेजालाई...

सुजुकी सेलिरियो, अल्टो के–१० र एस–प्रेसोको नयाँ एडिसन आउँदै

सुजुकी सेलिरियो, अल्टो के–१० र एस–प्रेसोको नयाँ एडिसन आउँदै

मारुती सुजुकीले सेलिरियो, अल्टो के–१० र एसप्रेसेको सस्तो भेरिएन्ट ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...