हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, होन्डा र एमजीका नयाँ एसयूभी

मिड साइज एसयूभी सेगमेन्टको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । हालै सो सेगमेन्टमा स्कोडा कुशाक पनि लन्च गरिएको छ । आउँदो केही समयमा कैयौ नयाँ मोडल लन्च हुने भएको छ । हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभी नयाँ एसयूभीसँग प्रतिस्पर्धा गर्नको लागि तयारी अवस्थामा रहेका छन् ।

फक्सवागन टाइगुन
जर्मन निर्माता कम्पनी फक्सवागनले टाइगुन एसयूभी सेप्टेम्बरमा लन्च गर्ने तयारी गरिरहेको छ । यसको आधिकारिक बुकिङ पहिला देखि नै सुरु भइसकेको छ । एमक्युबी एओ इन प्लेटफर्ममा आधारित सो एसयूभी भारतको पुणेमा उत्पादन गरिनेछ ।

सो एसयूभी १.० लिटर, ३ सिलिन्डर र १.५ लिटर ४ सिलिन्डर टर्बाे पेट्रोल इन्जिनको साथमा उपलब्ध हुनेछ । जसले क्रमशः ११३ बीएचपीको पावरको साथमा १७५ एनएमको टर्क र १४८ बीएचपीको पावरको साथमा २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा तीन गियरबक्स समावेश गरिएको छ । यसमा ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डीएसजी समावेश गरिएको छ ।

होन्डा एलिभेट
जापानी कार निर्माता होन्डाले होन्डा एलिभेट डिजाइन गरेको छ । सो एसयूभी हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नका लागि निर्माण गरिने सम्भावना रहेको छ । होन्डाले हालै एलिभेट नामको ट्रेडमार्क गराएको थियो । रिपोर्टका अनुसार यसको लागि होन्डा सिटी सेडानको इन्जिन समावेश गर्नेछ । होन्डा एलिभेट १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको साथमा पेश गर्नेछ । यसको लागि सीभीटी अटोमेटिक गियरबक्स र सस्पेन्शन सेटअप पनि होन्डा सिटीबाट लिइनेछ ।

एमजी एस्टोर
एमजी एस्टोर मध्यम आकारको एसयूभी हुनेछ । सो कार २०२१ सेप्टेम्बरमा लन्च गरिनेछ । सो कारमा अटोनोमस ड्राइभिङ सहित कैयौ सेगमेन्ट फस्र्ट फिचर समावेश हुनेछ । अन्य फिचरको रुपमा सो कारमा आईहब कनेक्टेड प्रविधि, जियो संचालित इन्टरनेट, स्मार्टफोन कनेक्टिभिटीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्यासबोर्डमा ब्राउन लेदर सहित अन्य फिचर समावेश गर्नेछ ।

एस्टोरमा १.५ लिटर नेचुरली एस्पिेरेटड पेट्रोल र १.३ लिटर टर्बाे पेट्रोल इन्जिनको साथमा लन्च गरिने अनुमान गरिएको छ । जसले क्रमशः १२० बीएचपीको पावरको साथमा १५० एनएमको टर्क र १६३ बीएचपीको पावरको साथमा २३० एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...