यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ सुरु भइसकेको छ । शोमा विभिन्न ब्रान्डका गाडीहरु र बाइकहरु प्रदर्शन हुनेछ । साथै अटो एक्स्पोमा पेट्रोल र इलेक्ट्रिक स्कुटरले पनि आफ्नो सहभागीता जनाउनेछ । भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा यी स्कुटरहरु प्रस्तुत गरिने छन् ।

हिरो जुम १६० : ठुलो साइजको एप्रोन र विन्डस्क्रिनका साथमा म्याक्सी शैलीको स्कुटर हिरो जुम १६० को डिजाइन र शैलीले अटो एक्स्पोमा सबैको ध्यानाकर्षण गर्नेछ । यसमा १५६ सीसी, लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन सुसज्जित छ, जसले १४ पीएसको पावर र १३.७ एनएमको टर्क उत्पन्न गर्छ। लिक्विड कुल्ड मोटरको साथमा आउने हिरोको यो पहिलो स्कुटर हो ।

ओला एस१ जेड : ओलाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो एस१ लाइनअपमा नयाँ एडिसन ओला एस१ जेड पेश गर्नेछ । यसमा स्वेपेवल ब्याट्री सेटअप हुनेछ । यसमा १.५ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ ।

होन्डा एक्टिभा ई : लामो समयदेखि प्रतिक्षित होन्डा एक्टिभा इलेक्ट्रिक पनि उक्त शोमा प्रदर्शन हुने भएको छ । सो स्कुटर सन् २०२४ मा प्रस्तुत गरिएको थियो । सो स्कुटर अटो एक्सपो २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।

२०२४ हिरो डेस्टिनी १२५ : नयाँ हिरो डेस्टिनी १२५ जनवरी १४ मा लन्च भइसकेको छ । यसलाई पहिलेभन्दा धेरै प्रिमियम डिजाइन र स्टाइल दिइएको छ । यसको टप स्पेक जेडएक्स प्लसमा टर्न-बाइ-टर्न नेभिगेसनको सुविधा प्रदान गरिएको छ। यसमा १२४.६ सीसी एयर कुल्ड र सिंगल सिलिन्डर प्रयोग गरिएको छ । सो इन्जिनले ९ पीएस पावर र १०.४ एनएम टर्क जेनेरेट गर्छ ।

हिरो भिडा जेड : हिरोले अटो एक्सपो २०२५ मा हिरो भिडा जेड इलेक्ट्रिक स्कुटर पनि प्रस्तुत गर्ने भएको छ । यसमा २.२ किलोवाट र ४.४ किलोवाटसम्मको ब्याट्री प्याक हुनेछ । हिरोले अटो एक्सपोमा हिरो एक्सपल्स २१०, हिरो एक्स्ट्रिम २५० आर र हिरो करिज्मा एक्सएमआर २५० पनि प्रदर्शन गर्नेछ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय...

फेरि अर्को सबैभन्दा सस्तो इलेक्ट्रिक कारको चर्चा

फेरि अर्को सबैभन्दा सस्तो इलेक्ट्रिक कारको चर्चा

पेट्रोल र डिजेलको मूल्य विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । यही...

सेरेस र हुवावेद्वारा स्थापित ‘एइटो’ बन्याे चीनको टप ‘न्यु फोर्स’ कम्पनी, ८२४% बढी बिक्री

सेरेस र हुवावेद्वारा स्थापित ‘एइटो’ बन्याे चीनको टप ‘न्यु फोर्स’ कम्पनी, ८२४% बढी बिक्री

टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...