होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै

होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेका छन् । हाल यी कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटरमा काम गरिरहेका छन् । सो स्कुटर भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

होन्डा एक्टिभा ईभी

होन्डा मोटर्सले २०२५ मा भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरिरहेको छ। सो इलेक्ट्रिक स्कुटर होन्डा एक्टिभा ईभी हुन सक्ने अनुमान गरिएको छ । यसमा डिजिटल टचस्क्रिन इन्स्ट्रयुमेन्टल कन्सोल, किलेस स्टार्ट र स्टप फिचर हुन सक्ने सम्भावना छ । यसले फुल चार्जमा १०० किलोमिटरभन्दा बढीको रेन्ज दिनेछ।

टीभीएस जुपिटर ईभी

टीभीएसले आगामी ६ महिनामा भारतमा दुईवटा इलेक्ट्रिक सवारीसाधन लन्च गर्ने योजना बनाएको छ । रिपोर्टका अनुसार कम्पनीले बीटुबी बजारको लागि इलेक्ट्रिक स्कुटर र टीभीएस जुपिटरको इलेक्ट्रिक संस्करण लन्च गर्नेछ । सो स्कुटरले फुल चार्जमा ७० देखि ८० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ ।

सुजुकी बर्गम्यान ईभी

सुजुकीले सन् २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर बर्गम्यान ईभी लन्च गर्नेछ । रिपोर्टका अनुसार सुजुकीले बर्गम्यान ईभीका लागि वार्षिक २५ हजार युनिट बिक्री गर्ने लक्ष्य पनि राखेको छ । यसमा डिटेच गर्न मिल्ने ब्याट्रीको सट्टा फिक्स्ड ब्याट्री प्याक हुनेछ । साथै यसमा अत्याधुनिक फिचर पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...

अब बर्दिवासमा पनि फोटोन र सोकोनका कमर्सियल गाडी उपलब्ध, खुल्यो शोरुम

अब बर्दिवासमा पनि फोटोन र सोकोनका कमर्सियल गाडी उपलब्ध, खुल्यो शोरुम

काठमाडौं – एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो...

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...