ग्रेडर मेसिन हाँक्दै अनिता
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक...
चिनियाँ कार निर्माता कम्पनीहरु विशेष गरी इलेक्ट्रिक भेइकल उत्पादनमा विश्व बजारमा तीव्र रूपमा अग्रणी हुँदै गइरहेका छन् । चिनिया कम्पनीले उच्च-गुणस्तरीय प्रविधि, किफायती उत्पादन र एड्भान्स डिजाइनको माध्यमबाट आफ्नो पहिचान स्थापित गरेका छन् ।
चिनियाँ कार निर्माता कम्पनीहरु टेस्ला लगायत परम्परागत गाडी निर्माता कम्पनीका लागि कडा चुनौती बनिरहेका छन् । ईभी बजारमा चीनको प्रभावशाली उपस्थिति आगामी दिनमा अझ विस्तार हुने सम्भावना छ । यसको लागि चीनले सब्सिडी र कर छुट लगायत ईभी चार्जिङ स्टेसनको विस्तारमा विशेष ध्यान दिइरहेको छ ।
यो मामिलामा सबैभन्दा अग्रस्थानमा बीवाईडी छ । बीवाईडीले बिक्रीका आधारमा विश्व बजारमै टेस्लासँग प्रतिस्पर्धा गरिरहेको छ । बीवाईडी बाहेक अन्य कार कम्पनी समेत निरन्तर रुपमा अगाडि बढिरहेका छन् ।
जिली : जिली चीनको मुख्य कार निर्माता कम्पनी मध्ये एक हो । सो कम्पनीमा भल्भो, पोलस्टार र लोटस जस्ता ब्रान्डको स्वामित्व रहेको छ ।
नियो : नियो चीनमा चाइनिज टेस्लाको नामले प्रसिद्ध छ । यसको ईटी७ र ईएस६, टेक्नोलोजी र परफर्मेन्समा टेस्लासँग प्रतिस्पर्धा गर्छ ।
एक्सपेङ मोटर्स : एक्सपेङ मोटर्सले हाईटेक अटोनोमस ड्राइभिङ र स्मार्ट फिचर भएको इलेक्ट्रिक कार निर्माण गर्छ । अमेरिकामा टेस्ला मोडल ३ को तुलनामा एक्सपेङ पी७ कार निकै लोकप्रिय छ ।
ग्रेटवाल मोटर्स : यो कम्पनी एसयूभी र पिकअप ट्रकको लागि निकै प्रसिद्ध छ । यसको ओरा ब्राण्डबाट निर्मित कार युवामाझ लोकप्रिय छ ।
एसएआईसी मोटर्स कर्पोरेसन : एसएआईसी चीनको सबैभन्दा ठुलो कार निर्माता कम्पनी हो । एमजी मोटर र रोवी यसको प्रमुख ब्राण्ड हो । यसको एमजी कमेट ईभी, एमजी जेडएस ईभी लगायका कार नेपालमा समेत उपलब्ध छन् ।
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक...
नेपालका लागि विभिन्न ईभीको वितरक रहेको सीजी मोटर्सले बागडोल, ललितपुरमा...
फोटोन मोटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु वृद्धि कमर्सियल भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...