मुल्कोटमा ईभी चार्जिङ स्टेशनसहितको ई-स्टप

काठमाडौं - दीगो ग्रुप अफ कम्पनीले मुलकोटको रामटारमा आफ्नो पहिलो दीगो ई-स्टप स्थापना गरेको छ । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरूको संयोजन गर्दै राजमार्ग यात्रुहरूका लागि आवश्यक सेवा प्रदान गर्न कम्पनी उक्त ई-स्टप स्थापना गरेको हो ।

रणनीतिक रूपमा मुलकोटमा अवस्थित दीगो ई-स्टपले लामो दुरीको सडक यात्रामा क्रान्ति ल्याउने कम्पनीको प्रतिबद्धता छ । लामो दूरीका यात्रुहरूका लागि समाधान गरेर दीगो ई-स्टप नेपालभर दिगो र पर्यावरण-मैत्री यात्राहरू प्रवर्द्धन गर्न कम्पनी एउटा ल्यान्डमार्क बन्न तयार छ ।

ईभी चार्जिङ स्टेसनहरू, परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता अत्याधुनिक सुविधाहरूसहित दीगो ई-स्टप लामो समयको लागि यात्रा गर्न प्रतिबद्ध छ । सार्वजनिक यातायात र निजी सवारी साधन यात्री दुबैले यसको सुविधा लिन सक्नेछन् ।

दीगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले नेपालभरका राजमार्गहरूमा ई-स्टपहरुको विस्तार गर्ने र विद्युतीय यातायात प्रवर्द्धनका साथै राजमार्गहरूमा सफा र स्वच्छतापूर्ण विश्राम स्टपहरू उपलब्ध गराउने बताए ।

‘मुलकोटमा ई-स्टपले आधुनिक यात्रीहरूको लागि दिगो र नवीन समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । ईभी चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरू एकीकृत गरेर, हामीले यातायातका दिगो र पर्यावरण-मैत्री मोडहरू प्रवर्द्धन गर्दै राजमार्ग यात्रुहरूका लागि समग्र अनुभव सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ उनले भने ।

सम्बन्धित समाचारहरू

नेटा भीले फेरि पायो थाइल्यान्ड कार अफ द इयरको ‘बेस्ट ईभी सब–कम्प्याक्ट ह्याचब्याक’ अवार्ड

नेटा भीले फेरि पायो थाइल्यान्ड कार अफ द इयरको ‘बेस्ट ईभी सब–कम्प्याक्ट ह्याचब्याक’ अवार्ड

नेटा भीले थाइल्यान्ड कार अफ द इयर अवार्ड समारोहमा ‘बेस्ट ईभी...

दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट

दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट

काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...

निषेधाज्ञामा फ्रन्टलाइनर्सका लागि प्योर ईभीको २५ हजार सम्म छुट

निषेधाज्ञामा फ्रन्टलाइनर्सका लागि प्योर ईभीको २५ हजार सम्म छुट

काठमाडौं – जारी निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...