कुरिन्टारमा खुल्यो दिगो ई–स्टपको दोस्रो नेटवर्क, चर्जिङ स्टेशनसंगै रेष्टुरेन्टको सुविधा

काठमाडौं– कुरिनटारमा दिगो ई–स्टपको दोस्रो नेटवर्क सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा नेपालकै सबैभन्दा ठूलो दिगो रेस्ट स्टपको दोस्रो नेटवर्कको असार १ गते औपचारिक उद्घाटन गरिएको हो ।

दिगो ग्रुप अफ कम्पनीजले सञ्चालनमा ल्याएको यो ई–स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्ने जनाइएको छ । कम्पनीले गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो इ–स्टप सञ्चालन गर्दै आएको छ ।

ई–स्टप उद्घाटनका क्रममा घिसिङले देशको यातायात क्षेत्रको रूपान्तरणमा दिगो पूर्बाधारले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘दिगो ई–स्टपको स्थापना हरियाली र थप दिगो भविष्यतर्फको महत्वपूर्ण कदम हो । विद्युतीय सवारी साधनको प्रयोगमा सहजीकरण गरेर हामीले हाम्रो कार्बन फुटप्रिन्ट घटाउने मात्रै होइन ऊर्जामा स्वतन्त्रता र स्वच्छ हावाको बाटो पनि प्रशस्त गरिरहेका छौं,’ उनले भने ।

कुरिन्टारमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू छन्, जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ । यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाईलो रेस्टुरेन्ट पनि छ । साथै, यात्रुहरूले सफा र पहुँचयोग्य सार्वजनिक शौचालयको आनन्द लिन सक्छन् ।

दिगो ग्रुप अफ कम्पनीजका अध्यक्ष राजन रायमाझीले नेपालमा राजमार्ग यात्रामा नयाँ युगको सुरुवात भएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन; यो एक दर्शन हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि नयाँ मानक सेट गर्न समर्पित छौं’ उनले भने ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...