लुम्बिनी प्रदेशमा एक सातासम्म दीगो ब्रान्डका इलेक्ट्रिक गाडी प्रदर्शनी हुने

बुटवल – लुम्बिनी प्रदेशका विभिन्न स्थानमा दीगो ब्रान्डका विभिन्न गाडीहरुको प्रदर्शनी हुने भएको छ । आइतबार देखि हुने उक्त प्रदर्शनी ६ दिन सम्म चल्ने छ । सो अवसरमा इलेक्ट्रिक गाडी टेस्ट ड्राइभ समेत गर्न सकिने छ । 

दीगो ग्रुप अफ कम्पनिजले गर्ने उक्त प्रदर्शनी अन्तर्गत फागुन २ गते रामग्राम परासीबजार, ३ गते बुटवलको डेल्टा मार्ट मिलनचोक, ४ गते भैरहवाको सानु डिपार्टमेन्टल स्टोर तथा कोशी डाउनटाउन रेष्टुरेन्ट, ५ गते चन्द्रौटा (सञ्जिवनी सामुदायिक अस्पतालको अगाडि), ६ गते ४ नम्बर जितपुर चोक र ७ गते मुर्गिया चोकमा गाडीहरुको प्रदर्शनी गरिने बताइएको छ ।

नेपाली बजारमा दीगो ग्रुपले ई८ ह्याचब्याक, जोयलङ ई६ (२० सिटे) र डीएफएसके डाँफे (११ सिटे) इलेक्ट्रिक गाडी उपलब्ध गराइरहेको छ ।

दीगो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।

दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

विद्युतीय मिनीबस दीगो ई६ र दीगो डीएफएसके डाँफेको मूल्य क्रमशः ९० लाख र ४४ लाख रुपैयाँ छ ।

भ्यालेन्टाइन अफर

दीगो ग्रुप अफ कम्पनिजले रोमान्टिक भ्यालेन्टाइन अफर ल्याएको छ । आगामी फेब्रुअरी १४ मा हुने भ्यालेन्टाइन डे लक्ष्यित गरी ल्याइएको सो अफरलाई ‘गिफ्ट योर भ्यालेन्टाइन, दीगो ह्याप्पिनेस’ भनिएको छ ।

सो अफर अन्तर्गत आगामी फेब्रुअरी १४ सम्म दीगोका कुनै पनि गाडी बुकिङ गर्दा आफ्नो भ्यालेन्टाइनका साथ लक्जरियस होटल वा रिसोर्टमा वान नाइट रोमान्टिक स्टे गर्न सकिने छ ।

सो अवसरमा रोमान्टिक सेटअपका साथ डिनर र ब्रेकफास्ट गर्न सकिने छ । दीगोका अन्य गाडीका अलावा विशेष गरी ई८ कार आफ्नो भ्यालेन्टाइनलाई गिफ्ट दिन सकिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...