बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा हालै दिगो ग्रुप अफ कम्पनिजले ११ सिटको दिगो डाँफे माइक्रोबस उपलब्ध गराएको छ ।
यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबसले यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेइकलको लागि उत्तम विकल्प भएको कम्पनीको भनाइ छ ।
४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो गाडी एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।
यो माइक्रोबसको प्रारम्भिक मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ ।
नेपाली सडक अनुसार यी गाडीको रेन्ज तोकिएको भए तापनि कम्पनीले भने यो भन्दा बढी नै रेन्ज तोकेको छ । गाडीलाई घरैमा सिंगल फेज लाइनमा पनि सामान्य रुपमा चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरको सहायताले चार्जिङ स्टेसनमा पनि चार्ज गर्न सकिन्छ । सामान्यतः एक देखि डेढ घण्टामै यी बसलाई चार्ज गर्न सकिने दिगो ग्रुपले बताएको छ ।
डाँफे डीएफएसके कम्पनीले डिजाइन गरी निर्माण गरेको हो । नेपाली परिवेश अनुसार दिगो ग्रुपको अनुरोधमा दिगो ब्रान्डमा यसको डिजाइन र उत्पादन गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...