नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

होन्डाले विश्व बजारमा लन्च गर्नुअघि आफ्नो आगामी बाइक सीजीएक्स १५० का केही तस्बिर सार्वजनिक गरेको छ । बाइकलाई पूर्णतया रेट्रो लुकमा डिजाइन गरिएको छ । यो पूर्ण रूपमा चीनको वुयाङ होन्डा कारखानामा निर्मित छ । यसका ३ वटा भेरिएन्ट विश्व बजारमा बिक्रीका लागि ल्याइनेछ ।

आगामी होन्डा सीजीएक्स १५० बाइक सीजी १२५ मा आधारित छ । यसमा १४९ सीसी इन्जिन प्रयोग गरिएको छ । यसमा जडान गरिएको एयर कुल्ड, फोर-स्ट्रोक, सिंगल सिलिन्डर युनिटले १२ एचपी पावर जनरेट गर्नेछ । बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको टप स्पिड ९८ किलोमिटर प्रति घण्टा हुने अनुमान गरिएको छ । कम्पनीले यसको १२५ सीसी मोडल पनि पछि ल्याउन सक्ने बताइएको छ ।

बाइकको सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल रियर सक एब्जर्बर रहेको छ । बाइकमा थोरै उठेको एक्जस्ट दिइएको छ । बाइकको वजन १२८ किलोग्राम छ ।

होन्डा सीजीएक्स १५० मा गोलाकार हेडल्याम्प, राउन्ड आकारको रियर-भ्यु मिरर, फोर्क गेटर, कर्भी फ्युल ट्याङ्की र मिनिमल बडी प्यानलिङ दिइएको छ । यसका साथै क्याफे रेसर भेरिएन्टमा बार एन्ड ड्युअल टोन मिरर, रेड शेडमा फ्रेम र पछाडि हम्प भएको राइडर ओन्ली सिट रहेको छ ।

होन्डाले सीजीएक्स १५० यस वर्ष सेप्टेम्बरमा चीनमा लन्च गर्नेछ । चीनमा यसको प्रारम्भिक मूल्य लगभग १० हजार युआन हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? अब तीन मध्ये एक स्किम रोज्न सकिने

होन्डा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? अब तीन मध्ये एक स्किम रोज्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...