मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटी विषयक अन्तरक्रिया कार्यक्रम हुने
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजनामा भोलि जुन ७ तारिख...
काठमाडौं – विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड काठमाडौंमा सम्पन्न भएको छ । फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को संयोजनमा भएको सो राइड कार्यक्रम भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट प्रारम्भ भएर कोटेश्वर हुँदै भक्तपुर पुगेर फेरि फर्केर ज्ञानेश्वरमा पुगेर समापन भएको थियो ।
नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीद्वारा शुभारम्भ गरिएको राइड कार्यक्रममा २३० राइडर सहभागी थिए । विश्वभर मे २२ का दिन यस प्रकारको राइड कार्यक्रम आयोजना गरिन्छ । राइडरहरुले यसबाट फन्ड कलेक्सन गर्नमा विभिन्न व्यक्ति वा संस्थालाई प्रेरित गरी प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउनमा सहयोग गर्छन् । यस वर्ष नेपालबाट ३७५ अष्ट्रेलियन डलर संकलन गरिएको फोरे नेपालका सुनिल मानन्धर ‘डायमन्ड’ ले बताए ।
आफ्नो क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकलमा सवार भएका राइडरहरुले हाल सम्म विश्वका ११० भन्दा बढी देशका ९ सय भन्दा बढी सहरमा यस प्रकारको कार्यक्रम सम्पन्न गरेर ३ करोड डलर भन्दा बढी रकम संकलन गरिसकेका छन् । दशौं वर्ष प्रवेशको अवसरमा यो वर्ष हुने राइड कार्यक्रमले इभेन्टलाई थप एक कदम माथि उठाउने अपेक्षा गरिएको छ ।
द डिस्टिङग्विस्ड जेन्टलम्यान राइडले विश्वमा हुने विभिन्न इभेन्ट मध्ये सबैभन्दा ठूलो र आश्चर्यजनक इभेन्टको पहिचान कायम गरेको छ । डीजीआर वर्ल्डवाइड र यसको च्यारिटी पार्टनर ‘मोभेम्बर’ मार्फत प्रोस्टेट क्यान्सर तथा पुरुषहरुमा हुने मानसिक स्वास्थ्यको वारेमा चेतना जगाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
द डिस्टिङगुइस्ट जेन्टलम्यान राइड कार्यक्रममा सामेल हुने राइडरहरु ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुन्छन् । उनीहरुको औसत उमेर ४५ वर्ष हुने बताइएको छ ।
काठमाडौंमा यस प्रकारको राइड कार्यक्रम हुन थालेको ७ वर्ष पुगेको छ । सो अवसरमा १ हजार ४८१ राइडरहरु यस प्रकारको इभेन्टमा सहभागी भएर ७ हजार १ सय अष्ट्रेलियन डलर संकलन गरिसकेका छन् । नेपालमा सन् २०१६ देखि यो राइड प्रारम्भ भएको थियो ।
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजनामा भोलि जुन ७ तारिख...
नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...