कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

हालै अटोकार इन्डियाले भारतमा पाइने १० उत्कृष्ट इलेक्ट्रिक कारको वास्तविक ड्राइभिङ रेन्ज परीक्षण गरेर एक रिपोर्ट प्रकाशन गरेको छ। एमआईडीसीले देखाउने रेन्जको तुलनमा कुनैपनि ईभीको वास्तविक रेन्ज कतिले फरक पर्छ भनेर स्पष्ट जानकारी दिन सो परीक्षण गरिएको हो । यी मध्ये अधिकांश माेडल नेपाली बजारमा पनि उपलब्ध छन् ।

४०.५ किलोवाट आवर ब्याट्री भएको टाटा नेक्सन ईभीको एमआईडीसी रेन्ज ३९० किलोमिटर भए पनि वास्तविक परीक्षणमा यो २७३ किलोमिटरसम्म मात्र चल्यो। यस्तै, ठूलो ४५ किलोवाट आवर ब्याट्री भएको संस्करणले एमआईडीसी अनुसार ४८९ किलोमिटर बताउँछ, तर परीक्षणमा ३५० किलोमिटरमात्रै दियो।

सबैभन्दा बढी बिक्री हुने एमजी विन्डसर ईभीले ३३१ किलोमिटरको एमआईडीसी रेन्ज बताउँछ, जबकि परीक्षणमा ३०८ किलोमिटरको रेन्ज मात्रै दियो। यसकाे नयाँ 'प्रो' संस्करणको एमआईडीसी रेन्ज भने ४४९ किलोमिटरसम्म छ।

सस्तो मूल्यमा उपलब्ध टाटा पन्च ईभीले ३६५ किलोमिटरको एमआईडीसी रेन्ज दाबी गरे पनि परीक्षणमा सो ईभी २२९ किलोमिटर मात्र चल्न सक्यो। यस्तै, महिन्द्राको बीई ६ मोडल, जसमा ७९ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ, एमआईडीसी अनुसार ६८२ किलोमिटरसम्म जान सक्ने दाबी भए पनि परीक्षणमा ४४९ किलोमिटरसम्म मात्र पुगेको देखिन्छ।

महिन्द्राकै अर्को मोडल एक्सयूभी४०० को एमआईडीसी रेन्ज ४५६ किलोमिटर भए तापनि परीक्षणमा यसले २५१ किलोमिटरमात्रै पार गरेको देखियो।

एमजीको सस्तो कमेट ईभीको परीक्षण गरिएको रेन्ज १९३ किलोमिटर रह्यो, जबकि एमआईडीसी अनुसार २३० किलोमिटर बताइएको थियो। यस्तै, टाटाको स्टाइलिस कर्भ ईभीले ५५ किलोवाट आवर ब्याट्रीको साथमा ५०२ किलोमिटरको एमआईडीसी रेन्ज पाउँछ, तर वास्तविक परीक्षणमा ३६५ किलोमिटरसम्म मात्र चल्यो।

एमजी जेडएस ईभीको एमआईडीसी रेन्ज ४६१ किलोमिटर भए पनि वास्तविक परीक्षणमा ३३९ किलोमिटर पुग्यो। सस्तो मूल्यमा उपलब्ध टाटा टियागो ईभीको वास्तविक परीक्षण रेन्ज १८७ किलोमिटरमा सीमित रह्यो। सिट्रोन ईसी३ को परीक्षण गरिएको रेन्ज २२८ किलोमिटर रहेको देखियो, जबकि एमआईडीसी अनुसार २४६ किलोमिटर दाबी गरिएको छ।

सम्बन्धित समाचारहरू

औपचारिक लन्चको पर्खाईमा राफ्ट मोटर्सका विद्युतीय स्कुटर

औपचारिक लन्चको पर्खाईमा राफ्ट मोटर्सका विद्युतीय स्कुटर

काठमाडौं – नेपाली बजारमा भारतको प्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता...

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता...

४ लाख छुट सहित सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक एसयूभी जेइको जे५, अन्य मोडलमा समेत छुट

४ लाख छुट सहित सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक एसयूभी जेइको जे५, अन्य मोडलमा समेत छुट

काठमाडौं – नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...