नयाँ फ्लाइङ कारको परीक्षण, ८२०० फुटको उचाईमा १००० किलोमिटरको उडान

जमिन र हावामा उड्ने एयरकारले स्लोभाकियाको अन्तर्राष्ट्रिय हवाईअड्डा नाइट्रा र ब्रातिस्लाभाको बीचमा ३५ मिनेटको सफल परीक्षण गरेको छ । एयरकार निर्माता कम्पनी क्लेन भिजनले सो एयरकार अवतरण पछि ३ मिनेट भित्र कारमा परिणत गर्न सक्ने जानकारी दिइएको छ । परीक्षणको समयमा सो एयरकारलाई यसको आविष्कारक प्रोफेसर स्टिफन क्लाइनले उडाएका थिए ।

क्लेन भिजनका संस्थापक र सीईओ स्टिफन क्लेनले सो एयरकार एयरपोर्टमा अवतरण गरेपछि यसलाई सामान्य कार जस्तै दौडाएका थिए । क्लेन भिजनको सो हाइब्रिड कार–एयरक्राफ्ट, एयरकारमा बीएमडब्ल्यू इन्जिन समावेश गरिएको छ र यो पेट्रोलबाट चल्छ । सो कारलाई विमान बन्न २ मिनेट र त्यसपछि उडान भर्नको लागि १५ सेकेन्डको समय लाग्छ ।

सो एयरकार १९० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने क्षमता रहेको छ । कम्पनीका अनुसार सो हाइब्रिड फ्लाइङ कार फिक्स्ड प्रोपेलर सिस्टमको साथमा ८,२०० फिटको उचाईमा १००० किलोमिटरको दूरी तय गर्न क्षमता रहेको छ ।

सिंगल फ्युल ट्यांक टप अपमा यसको गति ३०० किलोमिटर प्रतिघण्टा र फुल ट्यांकमा हावामा १,००० किलोमिटर दुरी तय गर्ने क्षमता रहेको छ । यस कारले हालसम्म १४० भन्दा बढी परीक्षण उडानहरूमा ४० घण्टा हावामा उडाइएको थियो । सो कारले ४५ डिग्रीको तीव्र मोड लिन सक्ने भइसकेको छ । परीक्षणको क्रममा सो कार १७० किलोमिटर प्रतिघण्टाको गति समातेको थियो ।

सो एयरकारमा २०० किलोग्रामको संयुक्त वजनको दुईजना व्यक्ति बस्न सक्छन् । सो एयरकारमा ३०० एचपीको इन्जिन समावेश गरिनेछ । यसको लागि एम १ परमिटको साथमा ईएएसए सीएस २३ एयरक्राफ्ट सर्टिफिकेट पाइसकेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा लन्च भयो टोयोटाको कम्प्याक्ट एसयूभी राइज, मूल्य ६६ लाख देखि ८६ लाख सम्म

नेपाली बजारमा लन्च भयो टोयोटाको कम्प्याक्ट एसयूभी राइज, मूल्य ६६ लाख देखि ८६ लाख सम्म

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज लन्च भएको छ...

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...