गोकर्ण फरेस्ट रिसोर्टमा हुन्डाई आई२० टेस्ट ड्राइभ

काठमाडौं – शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै नेपालमा भित्रिएको नयाँ हुन्डाई आई२० को टेस्ट ड्राइभ सम्पन्न भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा भएको उक्त टेस्ट ड्राइभमा विभिन्न सञ्चारकर्मीहरुको सहभागिता थियो ।

नेपाली बजारमा हाल यो १.२ लिटर पेट्रोल इन्जिन र ५–स्पिड म्यानुअल गियरबक्समा उपलब्ध छ । दुई भेरिएन्ट म्याग्ना र स्पोर्ट्जमा उपलब्ध यो कारको मूल्य क्रमशः ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

भारतमा गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको थर्ड जेनेरेसन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ ।

इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तबरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो भागमा दिइएको जेड आकरको एलइडी टेल लाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई २० को लुक्समा निखरता दिएको छ ।

नयाँ आई२० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ ।

सेग्मेन्टकै सबैभन्दा लामो ह्विलबेस दिइएका कारण कारको क्याबिन समेत यो सेग्मेन्टका अन्य कारको तुलनामा फराकिलो छ । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।

नयाँ कारमा पुरानो आई२० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । जस्तो पुरानो कारमा एबीएस, ६ एयरब्याग र चारवटै सिटमा सिटबेल्ट वार्निङ ल्याम्प उपलब्ध गराइएकोमा त्यसमा थप गरी नयाँ कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल एसिस्ट कन्ट्रोल सिस्टम समेत थप गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी

हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी

हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर...

केही दिनकै फरकमा नयाँ प्रविधि र फिचरयुक्त दुई दमदार इलेक्ट्रिक कार नेपाली बजारमा

केही दिनकै फरकमा नयाँ प्रविधि र फिचरयुक्त दुई दमदार इलेक्ट्रिक कार नेपाली बजारमा

नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र...

फंकी लुक र एड्भान्स फिचर सहित हुन्डाईको माइक्रो एसयूभी आउने, भेन्यु भन्दा सानो हुने

फंकी लुक र एड्भान्स फिचर सहित हुन्डाईको माइक्रो एसयूभी आउने, भेन्यु भन्दा सानो हुने

हुन्डाईले भारतीय बजारमा नयाँ इन्ट्रि लेवलको एसयूभी लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...