बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार चिनियाँ ब्रान्डले गत अगस्टमा ४३ हजार ५ सय भन्दा बढी सवारी साधन बिक्री गरेको छ ।
यस वृद्धिको मुख्य कारण प्लग-इन हाइब्रिड सवारी साधन रहेको छ । अगस्टमा मात्र २८ युरोपेली मुलुकमा हाइब्रिड कार बिक्री ५९ प्रतिशतले बढेर करिब ८४ हजार युनिट पुगेको थियो। यीमध्ये ११ हजार युनिट चिनियाँ ब्रान्डले मात्र बिक्री गरेका थिए, जुन गत वर्षको तुलनामा १४ गुणा बढी हो ।
बीवाईडी सिल यु, चेरी जेइकाे जे७ र एमजी एचएस जस्ता मोडल युरोपको टप १० हाइब्रिड बिक्रेताको सूचीमा पर्न सफल भएका छन् । ती गाडीले पेट्रोल-डिजेल र पूर्ण इलेक्ट्रिक कारबीचको सन्तुलन खोज्ने उपभोक्तालाई आकर्षित गरिरहेक छन् ।
युरोपेली उपभोक्ताले चार्जिङ पूर्वाधार वा ब्याट्रीको दूरीबारे बढी चिन्ता नगरी वातावरणमैत्री सवारी साधन रोजिरहेका छन्। यसकारण हाइब्रिड कार जीवनशैलीसँग मेल खाने विकल्प बनेको छ । पहिले घरेलु ब्रान्डमा भर पर्ने युरोपेली अहिले चिनियाँ हाइब्रिड कारप्रति आकर्षित भइरहेका छन् ।
यद्यपि इलेक्ट्रिक कार बजारमा भने टेस्ला मोडल वाई अझै पनि युरोपको सबैभन्दा बढी बिक्री हुने मोडल बनेको छ। तर यसको बिक्री ३७ प्रतिशतले घटेको छ। समग्रमा इलेक्ट्रिक सवारी साधनको बिक्री २७ प्रतिशतले बढेको भए पनि टेस्लाको प्रभुत्व पहिले जस्तो रहन सकेको छैन।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...