टेस्लाको कार खरिदमा शून्य प्रतिशत ब्याज र लाइफटाइम निःशुल्क चार्जिङको व्यवस्था

एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको कारण टेस्लाको कार बिक्री निरन्तर घटिरहेको छ । टेस्लाले आफ्नो कारको बिक्री विश्वभर घट्दै गएको कारण ग्राहकलाई आकर्षित गर्न धेरै आकर्षक अफर प्रदान गर्ने भएको छ ।

रिपोर्टका अनुसार कम्पनीले ग्राहकलाई आकर्षित गर्न शून्य प्रतिशत ब्याजदरमा ऋण र आजीवन निःशुल्क चार्जिङ जस्ता सुविधा प्रदान गर्दैछ । साथै केही मोडलमा कम ब्याजदर पनि प्रस्ताव गरिएको छ । कम्पनीले आफ्नो साइबरट्रकको बिक्री बढाउन १.९९ प्रतिशत ब्याजदर पनि प्रदान गर्ने भएको छ ।

साथै  ग्राहकहरूलाई थप प्रोत्साहन गर्न टेस्लाले आफ्नो कारको आजीवन सुपरचार्जरको निःशुल्क प्रयोगको प्रस्ताव गरिरहेको छ  विश्वभर ६० हजार भन्दा बढी सुपरचार्जर अवस्थित भएकाले यी चार्जरले टेस्लाका इलेक्ट्रिक कारलाई केवल १५ मिनेटमा ३२२ किलोमिटरसम्मको गति प्रदान गर्न फास्ट चार्जिङ प्रदान गरेको छ ।

कम्पनीका अनुसार टेस्लाको नयाँ मोडल ३ मा ७ हजार ५०० डलर संघीय कर क्रेडिटको फाइदा लिने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ऋण लिन अवसर पाउनेछ । यसको लागि कम्पनीको मापदण्ड पूरा गरेको हुनुपर्नेछ । तर कर क्रेडिट प्राप्त गर्न नचाहनेका लागि ०.९९ प्रतिशतको ब्याज दरमा ऋण पनि उपलब्ध छ ।

टेस्लाले हाल चीनमा आफ्ना मोडल ३ र मोडल वाई गाडीको खरिदका लागि शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षसम्मको ऋण सुविधा प्रदान गरिरहेको छ । सो सुविधा जुलाई ३१ सम्म उपलब्ध हुनेछ, जसका लागि न्यूनतम डाउन पेमेन्ट ७९ हजार ९०० युआन तोकिएको छ।

सम्बन्धित समाचारहरू

टेस्लाको यो इलेक्ट्रिक कार बिक्रीमा संसारकै नम्बर १

टेस्लाको यो इलेक्ट्रिक कार बिक्रीमा संसारकै नम्बर १

टेस्लाले इलेक्ट्रिक कारको बिक्रीमा इतिहास रचेको छ । सन् २०२३ मा सबैभन्दा...

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...

शोरुम खोलेको दुई महिनापछि भारतमा टेस्लाको औपचारिक डेलिभरी सुरु

शोरुम खोलेको दुई महिनापछि भारतमा टेस्लाको औपचारिक डेलिभरी सुरु

टेस्लाले सेप्टेम्वर २७ देखी आधिकारिक रूपमा भारतमा ग्राहकलाई डेलिभरी सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...