टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...
टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई ‘जुनिपर’ लन्च गरेको पहिलो दिनमै ५० हजार युनिट बुकिङ पाएको छ । चिनियाँ बजारलाई प्राथमिकतामा राखेर कम्पनीले सो नयाँ कारलाई अमेरिकामा भन्दा पहिले चीनमा तीनदिन अघि लन्च गरेको थियो ।
सो नयाँ कार विगत लामो समयदेखी चर्चामा रहँदै आएको थियो । टेस्लाको बिक्रीमा सर्बाधिक हिस्सा ओगट्न सफल मोडल वाईको फेसलिफ्ट भर्सन जुनिपरमा साइवरट्रकको जस्तै फ्रन्ट फेसिया राखिएको छ । नयाँ कार पुरानो भर्सनको तुलनामा केही महंगो भएर आएको हो । दुई भेरिएन्टमा उपलब्ध यस कारको मुल्य चिनमा ३५ हजार ९५० र ४१ हजार ४०० डलर पर्ने जनाइएको छ ।
४०० भोल्ट आर्किटेक्चरमा निर्मााण गरिएको सो नयाँ कार चीनमा रियर ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ । जसअनुसार, रियर ह्विल ड्राइभ भर्सनमा ६२।५ किलोवाट आवरको एलएफपी ब्याट्री तथा २२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ५९३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
यसैगरी, अर्को फोर–ह्विल ड्राइभ भर्सनमा ७८.४ किलोवाट आवरको एनएमसी ब्याट्री तथा ३३१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको संयुक्त पावर ४४४ एचपी तथा टर्क ४५० एनएम र रेन्ज ७१९ किलोमिटर दाबी गरिएको छ ।
टेस्लाका अन्य मोडलमा जस्तै जुनिपरमा पनि इन्स्ट्रयुमेन्ट क्लस्टर भने उपलब्ध गराइएको छैन । कारमा राखिएको १५ इन्चको टचस्क्रिनमार्फत नै कारको स्पिड, गियर र एडास लगायत फिचरबारे जानकारी लिन सकिन्छ ।
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...
विश्वका सबैभन्दा चर्चित उद्यमी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी शहर...
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...