लन्च भएको पहिलो दिनमै टेस्ला मोडल वाई ‘जुनिपर’ ले पायो ५० हजार युनिट बुकिङ

टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई ‘जुनिपर’ लन्च गरेको पहिलो दिनमै ५० हजार युनिट बुकिङ पाएको छ । चिनियाँ बजारलाई प्राथमिकतामा राखेर कम्पनीले सो नयाँ कारलाई अमेरिकामा भन्दा पहिले चीनमा तीनदिन अघि लन्च गरेको थियो ।

सो नयाँ कार विगत लामो समयदेखी चर्चामा रहँदै आएको थियो । टेस्लाको बिक्रीमा सर्बाधिक हिस्सा ओगट्न सफल मोडल वाईको फेसलिफ्ट भर्सन जुनिपरमा साइवरट्रकको जस्तै फ्रन्ट फेसिया राखिएको छ । नयाँ कार पुरानो भर्सनको तुलनामा केही महंगो भएर आएको हो । दुई भेरिएन्टमा उपलब्ध यस कारको मुल्य चिनमा ३५ हजार ९५० र ४१ हजार ४०० डलर पर्ने जनाइएको छ ।

४०० भोल्ट आर्किटेक्चरमा निर्मााण गरिएको सो नयाँ कार चीनमा रियर ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ । जसअनुसार, रियर ह्विल ड्राइभ भर्सनमा ६२।५ किलोवाट आवरको एलएफपी ब्याट्री तथा २२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ५९३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी, अर्को फोर–ह्विल ड्राइभ भर्सनमा ७८.४ किलोवाट आवरको एनएमसी ब्याट्री तथा ३३१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको संयुक्त पावर ४४४ एचपी तथा टर्क ४५० एनएम र रेन्ज ७१९ किलोमिटर दाबी गरिएको छ ।

टेस्लाका अन्य मोडलमा जस्तै जुनिपरमा पनि इन्स्ट्रयुमेन्ट क्लस्टर भने उपलब्ध गराइएको छैन । कारमा राखिएको १५ इन्चको टचस्क्रिनमार्फत नै कारको स्पिड, गियर र एडास लगायत फिचरबारे जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्ला गाडीमा सामसुङको चिप, दुई कम्पनीबिच भयो सम्झौता

टेस्ला गाडीमा सामसुङको चिप, दुई कम्पनीबिच भयो सम्झौता

विश्वका दुई टेक जायन्ट टेस्ला र सामसुङले एकआपसमा सहकार्य गर्ने भएका छन् ।...

सस्तो मूल्यको ‘मोडल वाई’ ल्याउन टेस्लाले किन गरिरहेको छ ढिलाई

सस्तो मूल्यको ‘मोडल वाई’ ल्याउन टेस्लाले किन गरिरहेको छ ढिलाई

अमेरिकी ईभी निर्माता टेस्लाले आफ्नो पोर्टफोलियोमा कम मूल्यको ईभी ल्याउने...

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...