टेस्ला मोडल वाई जुनिपर सार्बजनिक, यस्तो छ मुल्य र विशेषता

टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई जुनिपर लन्च गरेको छ । चिनियाँ बजारलाई प्राथमिकतामा राखेर कम्पनीले सो नयाँ कारलाई अमेरिकामा भन्दा पहिले चीनमा लन्च गरेको हो ।

सो नयाँ कार विगत लामो समयदेखी चर्चामा रहँदै आएको थियो । टेस्लाको बिक्रीमा सर्बाधिक हिस्सा ओगट्न सफल मोडल वाईको फेसलिफ्ट भर्सन जुनिपरमा साइवरट्रकको जस्तै फ्रन्ट फेसिया राखिएको छ । नयाँ कार पुरानो भर्सनको तुलनामा केही महंगो भएर आएको हो । दुई भेरिएन्टमा उपलब्ध यस कारको मुल्य चिनमा ३५ हजार ९५० र ४१ हजार ४०० डलर पर्ने जनाइएको छ ।

४०० भोल्ट आर्किटेक्चरमा निर्मााण गरिएको सो नयाँ कार चीनमा रियर ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ । जसअनुसार, रियर ह्विल ड्राइभ भर्सनमा ६२.५ किलोवाट आवरको एलएफपी ब्याट्री तथा २२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ५९३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी, अर्को फोर–ह्विल ड्राइभ भर्सनमा ७८.४ किलोवाट आवरको एनएमसी ब्याट्री तथा ३३१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको संयुक्त पावर ४४४ एचपी तथा टर्क ४५० एनएम र रेन्ज ७१९ किलोमिटर दाबी गरिएको छ ।

टेस्लाका अन्य मोडलमा जस्तै जुनिपरमा पनि इन्स्ट्रयुमेन्ट क्लस्टर भने उपलब्ध गराइएको छैन । कारमा राखिएको १५ इन्चको टचस्क्रिनमार्फत नै कारको स्पिड, गियर र एडास लगायत फिचरबारे जानकारी लिन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...