टेस्लाको कार खरिदमा शून्य प्रतिशत ब्याज र लाइफटाइम निःशुल्क चार्जिङको व्यवस्था
एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको...
टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी साधन निर्माण गर्न थालेको छ। कम्पनीले बनाएको साइबरक्वाड र मिनी साइबरट्रक अहिले अमेरिकी बजारमा अत्यन्तै लोकप्रिय बन्दै गएका छन्। यी खेलौना इलेक्ट्रिक सवारी साधनहरू विशेष गरी ८ वर्ष वा सोभन्दा माथिका बालबालिकालाई लक्षित गरेर डिजाइन गरिएका हुन्।
साइबरक्वाड एक ब्रशलेस ३६ भोल्टको इलेक्ट्रिक मोटरयुक्त सानो क्वाड बाइक हो, जसमा लिथियम आयन ब्याट्री जडान गरिएको छ। साइबरक्वाड एक पटक फुल चार्ज गरेपछि करिब २४ किलोमिटरसम्म चल्न सक्छ। यसमा अधिकतम गति १६ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्ने क्षमता छ। डिस्क ब्रेक जडान गरिएको सो साइबरक्वाड अधिकतम ६८ किलोग्रामसम्म वजन धान्न सक्छ । यसको मूल्य झण्डै २ लाख ५० हजार छ।
त्यस्तै, टेस्लाले बनाएको मिनी साइबरट्रक पनि निकै आकर्षक र सुरक्षामूलक बनाइएको छ। सो इलेक्ट्रिक टोय कार करिब १२ भोल्टको ब्याट्रीमा सञ्चालन हुन्छ र ५ किलोमिटर प्रति घण्टाको गतिमा चल्न सक्छ। यसमा एलईडी हेडलाइट, सीट बेल्ट र फर्वार्ड–रिभर्स स्विच जस्ता विशेषता उपलब्ध छ ।
सो दुवै मोडल हाल अमेरिकामा मात्र उपलब्ध छ । भारतमा टेस्लाको औपचारिक आगमनसँगै कम्पनीले भविष्यमा यस्ता उत्पादन भारतीय बजारमा पनि ल्याउने अपेक्षा गरिएको छ। अहिलेको लागि टेस्लाले भारतमा आफ्नो स्टोर स्थापना गरेर गाडी, घर चार्जिङ सेटअप, र अन्य सहायक सामग्रीहरू उपलब्ध गराउने योजना अघि सारेको छ।
एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको...
विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले चालकविहीन कार...
विश्वका सबैभन्दा चर्चित उद्यमी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी शहर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...