टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

भारत सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने कुनै प्रस्तावमा विचार नगरेको स्पष्ट पारेको छ ।

वाणिज्य तथा उद्योग राज्यमन्त्री सोम प्रकाशले भने, ‘अहिले भारतमा विद्युतीय सवारीको आयातमा स्थानीय मूल्य अभिवृद्धि लागतमा छुट दिने वा आयात शुल्कमा अनुदान दिने प्रस्ताव आएको छैन । टेस्ला जस्ता ब्राण्डलाई ब्याट्री, सेमीकन्डक्टर र चुम्बकीय पार्टपुर्जाको लागतमा स्थानीय मूल्य अभिवृद्धिबाट छुट दिने र विद्युतीय सवारी साधनको आयातमा अनुदान दिने विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्रीका अनुसार अटोमोबाइल र अटो कम्पोनेन्ट उद्योगका लागि उत्पादन–सम्बद्ध प्रोत्साहन योजना ईभी र तिनका कम्पोनेन्टहरू सहित उन्नत अटोमोटिभ टेक्नोलोजीहरूको आन्तरिक उत्पादनलाई बढावा दिन आर्थिक प्रोत्साहन प्रदान गर्ने उद्देश्य राखिएको छ ।

सरकारले ‘मेक इन इन्डिया’ पहल अन्तर्गत स्थानीय मूल्य अभिवृद्धि गर्न भारतमा स्वदेशी र विदेशी लगानी बढाउने कदम चालेको पनि बताइएको छ । १८ हजार १०० करोडको बजेट साथ उन्नत रसायन सेल ब्याट्री भण्डारणको लागि पीएलआई योजनाहरू स्वीकृत गरिएको छ ।

अमेरिकास्थित ईभी निर्माता कम्पनी टेस्लाले आयात शुल्क घटाउन माग गर्दै सरकारसँग छलफल गरिरहेको छ । वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गत महिना क्यालिफोर्नियाको फ्रेमोन्टमा रहेको टेस्ला कारखानाको भ्रमण गरेका थिए, जहाँ उनले कम्पनीले भारतबाट आफ्नो अटो कम्पोनेन्ट आयात दोब्बर बनाउने बताएका थिए ।

सम्बन्धित समाचारहरू

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड...

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा...

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

अब बीवाईडी एट्टो ८, २०२५ ग्वाङझाउ अटो शोमा सार्वजनिक

बीवाईडीले २०२५ ग्वाङझाउ अटो शो मा अपग्रेडेड टाङ एल अर्थात अन्तर्राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...