यस्ता युनिक फिचर छन् टेस्ला इलेक्ट्रिक कारमा, जसले छ विश्वमै फरक पहिचान

टेस्ला कार विश्वभर निकै चर्चित कार मध्ये एक हो । टेस्ला विश्वको टप लिडिङ इलेक्ट्रिक कार निर्माता कम्पनी हो । भारतमा टेस्ला इलेक्ट्रिक कार चाँडै नै प्रवेश गर्ने भएको छ । नेपालमा पनि यो कार उपलब्ध भए पनि औपचारिक रुपमा आउन भने बाँकी छ । टेस्ला इलेक्ट्रिक कारमा प्रयोग गरिएका फिचरको कारण यो अन्य इलेक्ट्रिक कार भन्दा फरक र विशेष बनेको छ ।

टेस्लाले प्रयोग गर्ने युनिक फिचरको बारेमा केही चर्चा गरौं ।

अटोपाइलट मोड
टेस्ला कारमा अटोपाइलट मोड समावेश गरिएको छ । जसको मदतले विना ड्राइभर स्टेयरिङ ह्वील नसमाई ड्राइभिङ गर्न सकिन्छ । सो मोड निकै सटिक रहेको छ । लामो दुरीको यात्राको समयमा अटोपाइलट मोड निकै उपयोगी हुन्छ । अन्य इलेक्ट्रिक कारमा पनि अटोपाइलट मोड समावेश छ । तर, टेस्लामा प्रयोग गरिएको अटोपाइलट मोड अन्य कारमा भन्दा सटिक मानिन्छ ।

रेन्ज एक्युरेसी
अन्य इलेक्ट्रिक कारमा केही दुरीको यात्रा पछि ब्याट्री डिस्चार्ज हुने र कम्पनीको दावी अनुसारको रेन्ज अफर नदिने समस्या देखिएको छ । तर, टेस्लाको कारमा यस्तो समस्या देखिदैन । यदि सही तरिकाले टेस्ला इलेक्ट्रिक कार ड्राइभिङ गरेमा राम्रो रेन्ज एक्यूरेसी उपलब्ध हुने विश्वास गर्न सकिन्छ ।

किलेस एक्सेस
टेस्ला कारलाई एक्सेस गर्नका लागि अन्य कारमा जस्तै चाबीको आवश्यकता पर्दैन । टेस्ला कारमा किलेस एक्सेस फिचर समावेश गरिएको छ । जसको मद्दतले कारलाई लक र अनलक गर्न सकिन्छ । यसको साथै कम्पनीको मोबाइल एपको मद्दतले पनि कार एक्सेस गर्न सकिन्छ । यसको कैयौ फिचरलाई फोनको मद्दतले प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...

विद्युत प्राधिकरणले यी ४ स्थानमा चार्जिङ स्टेशन थप गर्ने

विद्युत प्राधिकरणले यी ४ स्थानमा चार्जिङ स्टेशन थप गर्ने

नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर...

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...