यस्ता युनिक फिचर छन् टेस्ला इलेक्ट्रिक कारमा, जसले छ विश्वमै फरक पहिचान

टेस्ला कार विश्वभर निकै चर्चित कार मध्ये एक हो । टेस्ला विश्वको टप लिडिङ इलेक्ट्रिक कार निर्माता कम्पनी हो । भारतमा टेस्ला इलेक्ट्रिक कार चाँडै नै प्रवेश गर्ने भएको छ । नेपालमा पनि यो कार उपलब्ध भए पनि औपचारिक रुपमा आउन भने बाँकी छ । टेस्ला इलेक्ट्रिक कारमा प्रयोग गरिएका फिचरको कारण यो अन्य इलेक्ट्रिक कार भन्दा फरक र विशेष बनेको छ ।

टेस्लाले प्रयोग गर्ने युनिक फिचरको बारेमा केही चर्चा गरौं ।

अटोपाइलट मोड
टेस्ला कारमा अटोपाइलट मोड समावेश गरिएको छ । जसको मदतले विना ड्राइभर स्टेयरिङ ह्वील नसमाई ड्राइभिङ गर्न सकिन्छ । सो मोड निकै सटिक रहेको छ । लामो दुरीको यात्राको समयमा अटोपाइलट मोड निकै उपयोगी हुन्छ । अन्य इलेक्ट्रिक कारमा पनि अटोपाइलट मोड समावेश छ । तर, टेस्लामा प्रयोग गरिएको अटोपाइलट मोड अन्य कारमा भन्दा सटिक मानिन्छ ।

रेन्ज एक्युरेसी
अन्य इलेक्ट्रिक कारमा केही दुरीको यात्रा पछि ब्याट्री डिस्चार्ज हुने र कम्पनीको दावी अनुसारको रेन्ज अफर नदिने समस्या देखिएको छ । तर, टेस्लाको कारमा यस्तो समस्या देखिदैन । यदि सही तरिकाले टेस्ला इलेक्ट्रिक कार ड्राइभिङ गरेमा राम्रो रेन्ज एक्यूरेसी उपलब्ध हुने विश्वास गर्न सकिन्छ ।

किलेस एक्सेस
टेस्ला कारलाई एक्सेस गर्नका लागि अन्य कारमा जस्तै चाबीको आवश्यकता पर्दैन । टेस्ला कारमा किलेस एक्सेस फिचर समावेश गरिएको छ । जसको मद्दतले कारलाई लक र अनलक गर्न सकिन्छ । यसको साथै कम्पनीको मोबाइल एपको मद्दतले पनि कार एक्सेस गर्न सकिन्छ । यसको कैयौ फिचरलाई फोनको मद्दतले प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्लाले ग-यो दुई ईभीको टिजर सार्वजनिक, अझै सस्तो ईभी आउने

टेस्लाले ग-यो दुई ईभीको टिजर सार्वजनिक, अझै सस्तो ईभी आउने

टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

काठमाण्डौं–सिएटिएल र फोटोन मोटरले चीनको फुजियान प्रान्तको निङ्दे सहरमा...

आइफोन जस्तै क्रेज इलेक्ट्रिक कारमा : थाइल्यान्डमा बीवाईडी एट्टो३ का लागि घण्टौ लाइनमा बसे ग्राहक

आइफोन जस्तै क्रेज इलेक्ट्रिक कारमा : थाइल्यान्डमा बीवाईडी एट्टो३ का लागि घण्टौ लाइनमा बसे ग्राहक

नेपाली बजारमा केही दिन पहिले लन्च भएको बीवाईडी एट्टो३ इलेक्ट्रिक कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...