टेस्लाको भारत आगमन पक्का, बेंगलुरुमा आरएन्डडी र म्यानुफ्याक्चरिङ हुने

अमेरिकी कम्पनी टेस्ला भारतमा प्रवेश गरेको छ । टेस्ला इन्डिया मोटर्स एन्ड इनर्जी प्रालि भारतको बेंगलुरुमा रजिस्टर भएको छ । यहाँ कम्पनीले रिसर्च एन्ड डेभलपमेन्ट युनिटको साथै म्यान्युफ्याक्चरिङ सुरु गर्नेछ ।

कम्पनीले यहाँ लक्जरी इलेक्ट्रिक कारको निर्माण गर्नेछ । टेस्ला कम्पनीले भारतमा मोडल ३ लन्च गर्ने सम्भावना रहेको छ । टेस्लाको रजिस्ट्रेशन नम्बर १४२९७५ हो ।

टेस्लाका सीईओ एलन मस्कले २०२० अक्टोबरमा नै भारतमा प्रवेश गर्ने ट्वीटर मार्फत जानकारी दिएका थिए । मस्कले टेस्ला भारतमा २०१९ मा नै प्रवेश गर्न सक्ने जानकारी दिएका थिए । तर यो सम्भव हुन सकेन । २०२० मा कोभिड–१९ को कारण टेस्ला कम्पनी भारतमा प्रवेश गर्न ढिला भएको थियो ।

टेस्लाका सीईओ मस्क आजकाल निकै नै चर्चित छन् । उनी विश्वकै सर्बाधिक धनी ब्यक्ति समेत बन्न सफल भएका छन् । टेस्लाका मोडल ३ र अन्य इलेक्ट्रिक कार विश्वमा निकै नै लोकप्रिय छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...