चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ मोडल प्रदर्शन गरिरहेका छन् । शोमा टेस्लाको कारमा एक महिला ग्राहकले हंगामा मचाएको विषयले अहिले चर्चा पाएको छ ।

वास्तवमा, कम्पनीका एक जना दुःखी ग्राहकले अटो शोमा टेस्लाको गाडीमाथि चढेर सबैको ध्यान खिचेकी थिइन् । सोमबार भाइरल भएको भिडियोमा एक महिलाले टि–सर्ट लगाएकी छिन् । उनको गाडीमा ब्रेकको समस्या देखेर उनी खिन्न भएकी थिइन् । जसका कारण उनले त्यहाँ हंगामा सिर्जना गर्न थालिन् । ती महिला गाडीको छतमा उक्लिएर बारम्बार ‘टेस्ला ब्रेकले नियन्त्रण गुमायो’ भनि चिच्याएकी थिइन् ।

यद्यपि उक्त भिडियोमा ती महिलालाई शान्त पार्न कडा संघर्ष गरिरहेका कर्मचारी तथा गार्डहरू पनि देखाइएको थियो । रिपोर्टका अनुसार ती महिला टेस्ला मोडल ३ मा यात्रा गर्दै थिइन् । त्यसबेला कारको ब्रेक फेल भएको थियो । फलस्वरूप, दुर्घटनामा तिनको परिवारका चार जना सदस्यको मृत्यु भयो । संयुक्त राज्य अमेरिकामा पनि कम्पनीको अटोपायलट मोडको सुरक्षाबारे नयाँ प्रश्नहरू उठ्न थालेको छ । जसको हाल टेक्सास पुलिसले अनुसन्धान गरिरहेको छ ।

कम्पनीले यस वर्ष भारतमा आफ्नो पहिलो कार लन्च गर्ने तयारी गरेको छ । सोही क्रमलाई अगाडि बढाउने एलन मस्कको कम्पनीले देशका केही उच्च अधिकारीसँग साझेदारी गरेका छन् । टेस्ला कम्पनीले भारतीय बजारमा मोडल ३ बाट सुरुवात गर्नेछ जसको मूल्य ६० लाख भारु रहेको छ ।

सम्बन्धित समाचारहरू

सेप्टेम्बर २८ मा लन्च हुँदै टियागो ईभी : पेडल ड्राइभको साथै क्रुज मोड समावेश हुने

सेप्टेम्बर २८ मा लन्च हुँदै टियागो ईभी : पेडल ड्राइभको साथै क्रुज मोड समावेश हुने

टाटा मोटर्सले आगामी सेप्टेम्बर २८ मा टाटा टियागोको इलेक्ट्रिक भर्सन लन्च...

एफडी इलेक्ट्रिक स्कुटरमा नविल बैंकको क्रेडिट कार्डमार्फत २ लाखसम्म कर्जा पाइने

एफडी इलेक्ट्रिक स्कुटरमा नविल बैंकको क्रेडिट कार्डमार्फत २ लाखसम्म कर्जा पाइने

काठमाडौं– नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा...

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...