शोरुम खोलेको दुई महिनापछि भारतमा टेस्लाको औपचारिक डेलिभरी सुरु

टेस्लाले सेप्टेम्वर २७ देखी आधिकारिक रूपमा भारतमा ग्राहकलाई डेलिभरी सुरु गरेको छ । टेस्लाका ग्लोबल उपाध्यक्ष ग्रेस ताओका अनुसार, यस प्रारम्भिक डेलिभरी ब्याचका सबै सवारी साधनहरू कम्पनीको सांघाई गिगा फ्याक्ट्रीमा निर्माण गरिएका हुन् ।

‘हाम्रा नयाँ ग्राहकलाई बधाई छ । हामी टेस्लाका उत्पादनहरू र सेवाहरूले विश्वभरका धेरै उपभोक्ताहरूलाई सहज र आरामदायी यात्रा अनुभव ल्याउने आशा गरेका छौं’ ग्रेसले आफ्नो घोषणामा भनिन् ।

यो डेलिभरी जुलाईमा भारतमा आफ्नो पहिलो शोरूम खोलेको दुई महिना पछि आएको हो, जसले आधिकारिक रूपमा विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा कम्पनीको प्रवेशको संकेत दिएको छ । वर्षौंको वार्ता र ढिलाइ पछि भारतमा टेस्लाको प्रवेश भएको हो । टेस्लाका सीईओ एलोन मस्कले अप्रिल २०१६ मा आँफूले भारतमा टेस्ला बेच्ने योजना उल्लेख गरेका थिए ।

मोडेल वाई भारतमा टेस्लाको सुरुवाती मोडल हो, जसको रियर–ह्वील ड्राइभ संस्करणको सुरुवाती मूल्य ६९ हजार अमेरिकी डलर र लामो दूरीको रियर–ह्वील ड्राइभ संस्करणको मूल्य ७९ हजार अमेरिकी डलर रहेको छ । भारतले विद्युतीय सवारी साधनमा ७० प्रतिशत आयात शुल्क लगाएको कारणले यी मूल्यहरू अन्य बजारहरू भन्दा उल्लेखनीय रूपमा बढी भएको हो ।

२०२५ को पहिलो क्वार्टरमा युरोप, चीन र अमेरिका जस्ता स्थापित बजारमा बिक्री गिरावट आएको अनुभव गरेको कम्पनीको लागि टेस्लाको भारत प्रवेश अत्यन्तै महत्वपूर्ण समयमा आएको छ । कम्पनीले भारतमा उत्पादन सुविधा निर्माण गर्ने पहिलेको योजना त्यागेर आयात मात्रै गर्ने विकल्प रोजेको देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...