यामाहा एफजेडएक्स हाइब्रिडको २०२५ संस्करण सार्बजनिक, मूल्य कति ?
यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल एफजेडएक्स हाइब्रिडको २०२५ संस्करण...
काठमाडौँ – यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाण गरेको छ । उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन् ।
हिमालय टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’ मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख ७९ हजारको चेक यामाहा शोरुम, त्रिपुरेश्वरबाट हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत ०१ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो । यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लु इन्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सीसीको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।
यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल एफजेडएक्स हाइब्रिडको २०२५ संस्करण...
काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने...
यामाहा रे जेडआर स्ट्रिट ¥याली यामाहाको सबैभन्दा धेरै रुचाइएको स्कुटर हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...