लुयानको ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार
काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड...
काठमाडाैं - नेपालमै इलेक्ट्रिक माेटरसाइकल निर्माण गरिरहेकाे कम्पनी यात्री माेटरसाइकल्सले आगामी दिनमा बजारमा उपलब्ध गराउने सवारी बाइक पी२ को प्रोटोटाइपका लागि नेपालमै पहिलो पटक अस्थायी दर्ता नम्बर प्लेट प्राप्त गरेको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यात्रीले हालै यातायात व्यवस्था विभागबाट पी२ प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो बाइकको प्रोटोटाइपलाई विभागले बागमती प्रदेश ०२००१अ ०००१ नामको नम्बर प्लेटमा दर्ता गरेको छ ।
दर्ता प्रक्रिया नभएको अवस्थादेखि आजको यस उपलब्धि सम्मका लागि टिमलाई बधाई दिनुका साथै पी२ प्रोटोटाइपका लागि देशकै पहिलो ‘अस्थायी दर्ता नम्बर प्लेट’ जारी गरिदिएकोमा यातायात व्यवस्था विभागलाई कम्पानीले धन्यवाद समेत दिएको छ।
अस्थायी दर्ता नम्बर प्लेट समेत दिने व्यवस्थाले बाइकको प्रोटोटाइपको परीक्षण र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने कम्पनीको विश्वास भएको बताएको छ ।
सन् २०२२ देखि नेपालमै व्यावसायिक रुपमा विद्युतीय मोटरसाइकल उत्पादन गरिरहेको कम्पनीले २०८० जेठमा मात्र स्थायी नम्बर प्लेट पाएको थियो ।
यसअघि विदेशमा उत्पादित सवारी साधनको आयात प्रज्ञापनपत्रका आधारमा मात्र नेपालमा दर्ता गर्ने प्रणाली रहेकोमा सरकारले २०८० वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गर्दै प्रज्ञापनपत्र विना पनि सवारी साधन दर्ता गर्न सकिने व्यवस्था मिलाएको थियो । योसँगै नेपालीको पहिलो विद्युतीय सवारी यात्रीले दर्ता पाएको थियो ।
काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड...
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...
इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...