अब ट्रायल पास भएको १० मिनेटमै लाइसेन्स

काठमाडौं - सवारी साधन अनुमतिपत्र (लाइसेन्स) अब छोटो समयमै वितरण गरिने भएको छ । गण्डकी प्रदेशमा लिखित र ट्रायल पास भएपछि लगत्तै लाइसेन्स दिइने भएको हो ।

यातायात व्यवस्था कार्यालय, पोखराले ट्रायल उत्तीर्ण हुनासाथ लाइसेन्स दिने व्यवस्था गर्न लागेको हो । कार्यालय प्रमुख भरतराज काफ्लेका अनुसार असोज १५ देखि सेवाग्राहीलाई स्मार्ट कार्ड वितरण गरिनेछ ।

स्मार्ट कार्ड (लाइसेन्स) स्थायी नभई एक वर्षका लागि मात्रै भएको उनको भनाई छ । यातायात व्यवस्था विभागले अनुमति दिएपछि विभागको मापदण्डअनुसार वितरण गर्न लागिएको हो । ट्रायल पास भएपछि कम्तीमा डेढ वर्षसम्म पनि स्थायी लाइसेन्स हात पर्दैन्थ्यो । ट्रायल उत्तीर्ण भएर राजस्व बुझाएको १० मिनेटमै सेवाग्राहीले कार्ड पाउनेछन् ।

लाइसेन्स प्रक्रिया नखुले पनि पहिलेकै बाँकी रहेकाले यतिबेला ट्रायलको काम भइरहेको छ । काफ्लेले भदौ २७ देखि असोज १३ सम्मको ट्रायलमा उत्तीर्ण भएकालाई पहिलो लटमा स्मार्ट कार्ड दिइने बताए । उनका अनुसार एक दिनमा एक हजार कार्ड प्रिन्ट हुन्छन् । यसअघि बर्दिबास, लाहान, एकान्तकुना, जनकपुर, वीरगन्ज, नेपालगन्ज, धनगढी, दाङ र बुटवलमा यस प्रकारको सेवा प्रारम्भ भइसकेको छ ।

सम्बन्धित समाचारहरू

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

नवलपरासी – यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार...

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को...

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...