बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो सेवा थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयमा सेवा विस्तार गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनका लागि महाशाखाले सञ्चालन गरेको टीभीआरएस सफ्टवेयर शुक्रबारबाट लागू हुनेगरी महानगरीय ट्राफिक प्रहरी वृत्त सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवामा उक्त सेवा विस्तार गरेको हो ।
सेवाग्राहीलाई कागजपत्र फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले यो सेवा मातहतका कार्यालयमा विस्तार गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराइले जानकारी दिए । यसले सम्बिन्धत एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्र प्राप्त गर्ने हुँदा महाशाखा गएर लाइन बस्नुपर्ने झन्झटलाई मुक्त गरेको छ ।
सिंहदरबार एरियाका लागि कारवाहीको लागि खिचिएका कागजपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरबारबाट तथा जनसेवा एरियमा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरेपछि फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ ।
यसअघि यो सेवा महाशाखासहित महाराजगन्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरबारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयाँ बसपार्क तथा गौशाला लगायतका स्थानबाट दिँदै आइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘मापसे, लेन र रातो बत्ती कारवाहीमा परेका कागजपत्रहरु भने महाशाखाबाट सचेतना कक्षा लिएपछि महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ,’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...