के हो इम्बोस्ड नम्बर प्लेट ? प्राविधिक पक्षवारे यातायात विज्ञ आशिष गजुरेलको विश्लेषण

हाल इम्बोस्ड नम्बर प्लेटको चर्चा फेरि चुलिएको छ । सरकारले आगामी असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय सार्वजनिक भएसँगै यसको विरोधमा धेरै स्वरहरु सुनिएका छन् ।

यसै सन्दर्भमा यातायात विज्ञ आशिष गजुरेलले आफ्नो फेसबुक पेजमार्फत इम्बोस्ड नम्बर प्लेटको प्राविधिक पक्ष वारे जानकारीमूलक सामग्री सार्वजनिक गरेका छन् । उनले यसको पक्ष र विपक्षमा तर्क गर्नु भन्दा पनि यसको प्राविधिक पक्ष वारेमा खुलस्त पार्ने प्रयास गरेको समेत स्पष्ट गरेका छन् ।

१ . इम्बोस्ड नम्बर प्लेट भनेको प्रविधिको प्रयोग भएको प्लेट हो । यो अहिले हामीले प्रयोग गर्दै आएको साधारण नम्बर प्लेटको डिजिटाइज्ड फर्म हो ।

२. अहिले जसरी हामीले हातहातमा मोबाइल बोकिरहेका छौँ, पहिला ल्यान्डलाइन फोन थियो, त्यसपछि प्रविधिमा सुधार गरिएको मोबाइल फोन आयो । यस्तै, नम्बर प्लेटको प्रविधि सुधार गरिएको रूप इम्बोस्ड नम्बर प्लेट हो ।

३ . इम्बोस्ड नम्बर प्लेटमा साधारण नम्बर प्लेटको जस्तो नम्बर पनि हुन्छ र त्यसमा एउटा चिप पनि जडान गरिएको हुन्छ । त्यो चिपमा सवारीको सम्पूर्ण विवरण राखिन्छ । जे–जे जानकारी चाहिए पनि त्यो चिपमा राख्न सकिन्छ । थो जीपीएस प्रविधि हैन, निजी गोपनियता भन्ने विषय लागु हुँदैन ।

४. इम्बोस्ड नम्बर प्लेट रिडर भनेर गेटहरू, आरएफआईडी गेटहरू पनि बनाउनुपर्छ । त्यो गेटबाट सवारी छिरेपछि यो यहाँबाट छि¥यो, यता गयो भन्ने पनि थाहा हुन्छ ।

५. अहिलेको इम्बोस्ड नम्बर प्लेटले सामान्य जानकारी मात्र दिने भयो । आरएफआईडी गेट जुन ठाउँमा छ, त्यहाँ पुग्दा मात्र जानकारी थाहा हुने भयो । त्यो कुन–कुन गेटबाट छि-यो ? जस्तोः नागढुंगाबाट सवारी छिरेको थाहा हुन्छ, त्यसपछि कता गयो भन्ने थाहा हुँदैन । तर, जीपीएस जडान भएको भए रियल टाइममा कहाँ छ भन्ने कुरा थाहा हुन्थ्यो ।

६. तैपनि, हालको साधारण प्लेटभन्दा सरकारले लागु गर्दै गरेको इम्बोस्ड नम्बर प्लेट प्रविधिमैत्री भयो । थोरै भए पनि जानकारी पत्ता लगाउन सकिने भयो । सवारी कहिले आयात भयो, यसको साहु को हो, कर तिरेको छ कि छैन, यसको ग्रीन स्टिकर, वातावरण चेकजाँचका सबै जानकारी चिपमा राख्न सकिन्छ र त्यो चिप रिडरले यो समयमा दर्ता भयो÷भएन लगायतका विवरण पत्ता लगाउने भयो । कुन शहरमा कति सवारी गुडेको जानकारी पनि हुन्छ, वा कुन सडकमा कति सवारी गुडेको पनि थाहा पाउन सकिन्छ, यातायात व्यवस्थापनमा सहज हुन्छ।

७. सवारी साधन हराउँदा खोज्न सजिलो हुन्छ । त्यस्तै, इम्बोस्ड नम्बर प्लेट भएपछि ब्लुबुक, लाइसेन्स, नवीकरण गरेका कागजातहरू केही पनि बोक्नु परेन ।

८. इम्बोस्ड नम्बर प्लेटको शुल्क महँगो भयो भनेर विरोध भइरहेको छ । अब मानिसहरू त भइरहेकोमा खर्च गर्न चाहँदैनन् । त्यही भएर अहिले जो–जो नयाँ दर्ता हुन्छन्, त्यसमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरी त्यसपछि चरणबद्ध रूपमा लागु गरिनुपर्छ । आजको मितिबाट पाँच वर्षभित्र चरणबद्ध गर्ने, आफूसँग पैसा भएपछि यसलाई परिवर्तन गर्ने भनेर एउटा योजना बनाएको भए अझ उत्तम हुन्थ्यो । शुल्क महँगो चाहिं हो, घटाउन अनुरोध गर्न चाहन्छु । अधिकतम रू १००० मा सीमित गर्ने सके विरोध हुन्न थियो होला ।

९. यो केका लागि प्रयोग गर्ने ? अहिले भइरहेको साधारण प्लेट र यो डिजिटल इम्बोस्ड प्लेटमा के फरक छ ? के फाइदा हो ? यो खर्च गरेपछि हामीलाई के फाइदा हुन्छ ? यसबारे राज्यले जनतालाई बुझाउनुप¥यो । नबुझाउने, अनि खाली २५००, ३००० खर्च गरेर नयाँ नम्बर प्लेट राख भनेजस्तो जनताले बुझेकाले उनीहरू यो राख्न उत्साहित नभएको अवस्था छ ।

१०. धेरैले यो नम्बर नेपालीमा हुनु पर्ने आवाज उठाउनु भएको छ, आफ्नो भाषामा हुँदा उत्तम हुने थियो। हामी अब सबै क्षेत्रमा नेपाली भाषा तथा संकेत प्रयोग गर्ने गरौ।

११. पैसा पनि तिर्ने भन्झट पनि हुने भनेर पनि ठूलो विरोध छ। पूर्ण व्यवस्थापन भएको छ त ?

१२. देश भरी ६५ लाख भन्दा बढी सवारी दर्ता छन, हामीसँग झन्झट नभई, व्यवास्थित तवरबाट सेवा दिन तयार छौ ?

१३. शुल्क पनि तिर्ने, फेरि स्मार्ट लाइसेन्स जस्तो २–३ वर्ष कुर्न तयार नभएको अवस्था छ ।
१४. समय तालिका बनाएर लागु गर्ने योजना बनाएको भए राम्रो हुने थियो ।

१५. आवश्यक पूर्वाधार पनि तत्काल बनाउनु पर्छ जस्तै आरएफआईडी गेट, रिडर मेशिनको व्यवस्थापन तत्काल हुनु पर्छ।

१६. राज्यले यो विषय प्रयोगकर्तासँग छलफल नगरी, बुझाउन नसकी लागु गर्न खोज्दा , समस्या आएको हो। छलफल र सुचना दिन ढिला नगरौ।

(मैले प्राविधिक विषय बुझाउन खोजेको हो। विरोध वा समर्थन गर्ने तपाईंहरुको आफ्नो निजी विषय हो ।)

सम्बन्धित समाचारहरू

ग्याब्रियलका सीओओ अमिताभ श्रीवास्तवको भनाइ – एक बिग ब्याङका साथ हाम्रा उत्पादन बिक्री गर्नेछौ

ग्याब्रियलका सीओओ अमिताभ श्रीवास्तवको भनाइ – एक बिग ब्याङका साथ हाम्रा उत्पादन बिक्री गर्नेछौ

अमिताभ श्रीवास्तव भारतको आनन्द ग्रुप अन्तर्गत ग्याब्रियल इन्डिया...

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं – आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...