धनगढीमा सिप्रदी ट्रेडिङले सार्वजनिक गर्यो टाटा मोटर्सको अत्याधुनिक बीएस६ बस च्यासिस
धनगढी – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने तयारी गरेको छ । पन्च फेसलिफ्ट अब कम भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टाटा मोटर्सले यसको केही विवरणहरु समेत सार्बजनिक गरिसकेको छ ।
मिडिया रिपोर्टका अनुसार टाटाले हालको प्योर रिदम, अकम्पलिस्ड, अकम्पलिस्ड सनरुफ र क्रियटिभ ट्रिमलाई बन्द गर्ने सम्भावना देखाएको छ । यसको सट्टा पन्च अब प्योर(ओ), एड्भेन्चर एस र एड्भेन्चर प्लस एस ट्रिममा उपलब्ध हुनेछ ।
यसले पन्च ईभीमा प्रस्तुत गरिएका जस्तै समान कस्मेटिक अपडेट प्राप्त गर्नेछ । साथै, यसमा नयाँ एलईडी डीआरएलहरू सहित पुन डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुनेछ ।
कारको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ र सनरुफको साथ ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सामेल गरिनेछ । पन्च फेसलिफ्ट पहिलेको जस्तै १.२ लिटर पेट्रोल इन्जिनको साथ आउनेछ । कम्प्याक्ट एसयूभीले फ्याक्ट्री फिटेड सीएनजी विकल्प पनि पाउनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...