क्रुज कन्ट्रोल र कनेक्टेड फिचर्ससहित एम्पियरको नयाँ स्कुटर लन्च
एम्पियरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर म्याग्नस जी म्याक्स भारतीय बजारमा...
काठमाडौं - भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई नियाल्ने उत्सुक अवलोकनकर्ताहरूले भरिभराउ छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा भइरहेको नेपाल मोबिलिटी एक्स्पो २०२६ ले सुस्ताएको अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह थपेको छ ।
एक्स्पोमा १८ लाख रुपैयाँका साना ईभीदेखि ४ करोड रुपैयाँ सम्मका विलासी प्रिमियम एसयूभीहरू प्रदर्शनीमा राखिएका छन् । नाइमा एक्स्पोले ग्राहकलाई गाडी मात्र देखाएको छैन, कुन बजेटमा कुन ब्रान्ड र कस्तो फिचर पाइन्छ भन्ने तुलनात्मक अध्ययन गर्ने अवसर समेत दिएको छ । विशेष गरी विद्युतीय सवारी (ईभी) मा देखिएको तीव्र प्रतिस्पर्धाले नेपाली बजार अब ब्रान्डबाट फिचर र रेन्जको प्रतिस्पर्धामा प्रवेश गरेको सन्देश दिएको छ ।
१८ लाखदेखि ३० लाखः मध्यम वर्गको रोजाइमा बजेट ईभी
एक्स्पोमा सबैभन्दा बढी आकर्षण कम मूल्यका साना र सिटी कारहरूमा देखिएको छ । १८ लाख ५० हजारदेखि ३० लाख रुपैयाँसम्मको सेगमेन्टमा आधा दर्जनभन्दा बढी मोडलहरू भिडिरहेका छन् ।
एमजीले कोमेट ईभी १८ लाख ७५ हजार रुपैयाँको सुरुवाती मूल्यमा दिएको छ । जसले कम बजेट खोज्ने ग्राहकलाई तानेको छ । त्यस्तै, हेनरी भोल्ट्सको दुई भेरियन्टमध्ये एउटाको मूल्य १८ लाख ५० हजार र अर्कोको २२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
२०० देखि ३०० किलोमिटर रेन्ज दिने बोमा ईभी २० लाख ९९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध छ । जसमा एक्स्पो अवधिभर १ लाख रुपैयाँ नगद छुटको अफर समेत दिइएको छ ।
विशाल ग्रुप अन्तर्गतको प्यारामाउन्ट मोटर्सले वुलिङको मिनी ईभी १९ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । टाटाको टियागो ईभी र लक्ष्मी ग्रुपको केयी ई–क्युट मोडलहरू पनि यसै रेन्जमा प्रतिस्पर्धा गरिरहेका छन् ।
टाटा टियागोका दुई भेरियन्ट २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् । जसमा ११ वर्ष वा २ लाख २० हजार किलोमिटरको वारेन्टी अफर ल्याइएको छ ।
३० लाखदेखि ५० लाखः मास मार्केटमा भिडन्त
नेपाली बजारको सबैभन्दा हट सेगमेन्ट मानिने ३० लाखदेखि ५० लाखको रेन्जमा ठूला ब्रान्डहरूबीच ठूलो प्रतिस्पर्धा देखिएको छ । प्रिमियम सेगमेन्टमा विभिन्न कम्पनीबीच मूल्य र अफरमा युद्ध नै चलेको छ । यस सेगमेन्टमा चिनियाँ, भारतीय र जापानी ब्रान्डका गाडीहरूबीच ग्राहक तान्ने होडबाजी नै चलेको देखिन्छ ।
टाटा पन्च ईभीको फेसलिफ्ट भर्सन ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । बीवाईडीको एट्टो३ को मूल्य ३० लाख ७५ हजारदेखि ३४ लाख १० हजार रुपैयाँसम्म राखिएको छ ।
नेपालमा पहिलोपटक भित्रिएको चेरी क्यु ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँको रेन्जमा उपलब्ध छ । जसले ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
यसैगरी, लिपमोटर टी०३ ३२ लाख ९९ हजार, प्रोटोनको ईमास ७ ३२ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजार र एमजी विन्ड्सर ३९ लाख ७५ हजार रुपैयाँमा उपलब्ध छन् ।
४० लाखदेखि ५० लाखको सेगमेन्टमा बीवाईडी एट्टो २ को दुई भेरियन्ट ४५ लाख ९६ हजार र ४८ लाख ९१ हजार रुपैयाँमा प्रदर्शनीमा राखिएको छ । जीडब्लुएमको ओरा ५को मूल्य ४८ लाख ४१ हजार रुपैयाँबाट सुरु हुन्छ ।
५० लाखदेखि ७० लाखः फिचर र प्रविधिको प्रतिस्पर्धा
५० लाखदेखि ६० लाख रुपैयाँको सेगमेन्टमा सबैभन्दा धेरै ११ वटा मोडलहरू एकअर्कासँग भिडिरहेका छन् । यस सेगमेन्टमा ग्राहकले एउटै मूल्य आसपासमा एसयूभीको आकार, ब्याट्री क्षमता र प्रिमियम फिचरका आधारमा छनोट गर्ने अवसर पाएका छन् ।
वुलिङ डारियोन ५६ लाख, निसान टेक्टन ५३ लाख ९१ हजार, होङ्सी ईएचएस ४ मोडल ५९ लाख ९९ हजार र ग्रेट वालको हावल जोलायन प्रो म्याक्स ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् ।
त्यस्तै, ओमोडा ई ५ को मूल्य ५६ लाख ९९ हजार र महिन्द्रा एक्सयूभी ४०० ६० लाख रुपैयाँको हाराहारीमा उपलब्ध छ । यो सेगमेन्टमा चिनियाँ ब्रान्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
१ करोडदेखि ४ करोडः विलासी र प्रिमियम एसयूभीको धाक
उच्च वर्ग र सौखिन ग्राहकका लागि एक्स्पोमा १ करोड रुपैयाँभन्दा माथिका विलासी एसयूभीहरूको पनि राम्रो उपस्थिति छ । बीएआईसीको बीजे ३०ई को मूल्य करिब १ करोड २० लाख रुपैयाँ राखिएको छ । हुन्डाईको बहुचर्चित आयोनिक ५ को मूल्य पनि १ करोड २० लाख रुपैयाँ नै छ । हुन्डाई आयोनिक ९ को मूल्य २ करोड २० लाख रुपैयाँ छ । एमजीले आफ्नो प्रिमियम एसयूभी मार्भल आर र एचएस पिएच ईभी १ करोडदेखि १ करोड २० लाख रुपैयाँसम्मको रेन्जमा ल्याएको छ । विलासी सेगमेन्टमा सबैभन्दा महँगो मध्येको डेन्जाको बी ५ र बी ८ को मूल्य क्रमशः २ करोड १७ लाख र ३ करोड ८० लाख रुपैयाँ रहेको छ ।
टोयोटाको र्याभ फोर र हाइलक्स मोडलहरू १ करोड ५५ लाख र २ करोड १३ लाख रुपैयाँको मूल्यमा प्रतिस्पर्धामा छन् । गोल्छाको जीओ अटोमोबाइल्सले एमजी मजेस्टर २ करोड ५० लाख रुपैयाँ मूल्यसहित सार्वजनिक गरेको छ ।
न्यून बजेट भएकादेखि करोडौँ खर्च गर्न सक्ने प्रिमियम ग्राहकसम्मका लागि यो एक्स्पोले विकल्प नै विकल्प प्रदान गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...