घट्यो टाटा जेन्युइन पार्ट्सको मूल्य
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले...
नेपाली बजारमा टाटा टिगोर सबैभन्दा धेरै बिक्री हुने सेडान बनेको टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दाबी गरेको छ । टाटा टिगोरले नेपाली बजारमा उपभोक्ताबीच एउटा छुट्टै छवि बनाउन सफल भएको कम्पनीले बताएको छ । यही लोकप्रिय छविका कारण हाइएस्ट मार्केट सेयरसहित यसले आफ्नो स्थान पनि उच्च बनाएको छ ।
पछिल्ला महिनाहरूमा टाटा टिगोरले आफ्ना प्रतिद्वन्द्वीहरूको तुलनामा आफूलाई बलियो गरी बजारमा उभ्याएको छ । नेपाली बजारमा यस गाडीका विशेषतालाई सरल भएर पनि प्रशंसनीय मानिएको छ ।
टाटा मोटर्स्ले ग्राहकहरूको सुरक्षालाई सधै उच्च प्राथमिकतामा राखेको बताएको छ सडकको अवस्था जस्तोसुकै भए पनि सबै यात्रुलाई सुरक्षित र तनावमुक्त राख्न नयाँ टिगोर सदैब सफल छ ।
नेपालमा करिब ३ वर्ष देखि मार्केट सेयरमा कब्जा जमाएको टिगोरले ग्लोबल एनक्यापको सुरक्षा रेटिङमा समेत फोर–स्टार रेटिङ पाएको छ । ग्लोबल एनक्यापले दिने सुरक्षा रेटिङ एकदमै विश्वसनीय हुन्छ र यस अन्तर्गत रहेका प्रत्येक कारको गुणस्तरबारे थाहा पाउन जरुरी पनि छ । यसले रेटिङ गर्दा फाइभ–स्टारको स्केलमा मूल्यांकन गर्दछ । जसले जति धेरै स्टार पाउँछ त्यो कार उत्तिकै बढी सुरक्षित मानिन्छ । ग्लोबल एनक्यापले प्राविधिक सहयोगमा गुणस्तरको आश्वासन प्रदान गर्दछ । मुख्य कुरा यसलाई विश्वव्यापी रूपमा मान्यता प्राप्त बेन्चमार्क मानिन्छ ।
टाटा टिगोरको सुरक्षा चर्चा केही समय पहिले सामाजिक सञ्जालमा पनि भएको थियो । राजविराजको पुलबाट खसेको टाटा टिगोरभित्र चालक र उनको परिवार सुरक्षित थिए । बाहिरबाट हेर्दा कार कुच्चिए पनि गाडीको भित्री अवस्था भने सामान्य थियो । उक्त पोस्टमा फोर स्टारप्राप्त टाटा टिगोर नै किन्ने सुझाव पनि दिइएको थियो ।
नयाँ टिगोर इम्प्याक्ट २.० मा आधारित भएकाले बाहिरी भागमा बोल्ड, कन्फिडेन्ट र सार्प लुक्स छ भने भित्री भागले प्रिमियम र कम्फर्टेबल यात्राको अनुभूति दिन्छ ।
टाटा टिगोरको बुट स्पेस ४१९ लिटर छ , जसले गर्दा कतै यात्रा गर्दा वा सपिङ्ग गर्दा सरल र सहज रुपमा धेरै सामान अटाउन सकिन्छ र यात्रा सहज बनाउँदछ । साथै टाटा टिगोरको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । हाइयर राइड हाइट र ग्राउन्ड क्लियरेन्सले गाडीमा विशेष अर्थ राख्छ जसले गर्दा सडकमा गुड्दा झड्काहरु कम अनुभूति हुन्छ । सहरको उबडखाबड सडकमा होस् या चट्टानी क्षेत्रमा होस्, यसले आरामदायी यात्रा गर्न मद्दत गर्दछ ।
टाटा टिगोरले ग्राहकहरूको रुचिलाई मध्यनजर राखी डिप रेड, एरिजोना ब्लु, प्रलेसेन्ट ह्वाइट, प्योर सिल्भर र डेटोना ग्रेजस्ता कलरमा गाडीलाई बजारमा उपलब्ध गराएको छ । नेपाली बजारमा टाटा टिगोरको मूल्य २८ लाख ९९ हजार देखि ३९ लाख ९५ हजार रुपैयाँ सम्म रहेको छ ।
टाटा टिगोरसँग अरु सेडान पनि प्रतिस्पर्धामा छन् । जसमध्ये मुख्य प्रतिस्पर्धी हुन्डाई अउरा, फोर्ड एस्पायर र होन्डा अमेज हुन् ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले...
विश्वभर विद्युतीय सवारी साधनले गति लिइरहेको छ । यही कारण कार निर्माता...
टाटा प्यासेन्जर कारको नयाँ शोरुम बनेपामा खुलेको छ । टाटा मोटर्सको नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...