टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा मोटर्सले टिगोर ईभीको नाम परिवर्तन गरेको छ । कम्पनीले उक्त इभीको नाम परिवर्तन गरी एक्स प्रेस–टी ईभी राखेको छ । यो नर्मल र एक्सटेन्डेन्ट भेरिएन्टमा उपलब्ध हुने बताइएको छ । जसमध्ये एक्स्टेन्डेन्ट भेरिएन्टमा ठूलो र मजबुत ब्याट्री उपलब्ध गराइनेछ ।

नयाँ कार एक्सएम र एक्सटी प्लस भेरिएन्टमा उपलव्ध हुने बताइएको छ । साथै प्राइभेट र पब्लिक दुबै प्रयोजनमा प्रयोग गर्न सकिनेछ । यसको एक्सएम भेरिएन्टमा इको र स्पोर्ट ड्राइभिङ मोड दिइएको छ भने स्वचालित मौसम नियन्त्रण प्रणाली, ब्लुटुथको साथ हर्मन अडियो प्रणाली, डुअल फ्रन्ट एयरब्याग, एन्टि–लक ब्रेक, रिभर्स पार्किङ सेन्सर र एलईडी टेलल्याम्प जस्ता सुविधाहरू उपलब्ध हुनेछ ।

त्यसैगरी एक्सटी भेरिएन्टमा रिमोट लक, १४ इन्च अलोय व्हील, ओआरभीएम र डोर ह्यान्डल जस्ता फिचर थप गरिएको छ । यो कारमा गरिएको परिवर्तन यसको डिजाइनमा पनि देख्न सकिन्छ, जुन एक बर्ष पहिले सुरु गरिएको फेसलिफ्ट आईसी–इन्जिन टिगोरबाट लिइएको हो । यसको डिजाइन कम्पनीको २.० फिलोसोफीमा आधारित भई गरिएको हो ।

ब्लु टोन डिजाइनमा आधारित यसको इन्स्ट्रयुमेन्ट क्ल्स्टरमा ब्यापक परिबर्तन गरिएको छ । सोही क्ल्स्टरमा चार्जिङबारे जानकारी हासिल गर्न सकिने ब्यवस्था मिलाइएको छ । कारको एसी भेन्ट समेत ब्लु टोन कलरमा डिजाइन गरिएको छ । साथै चार्जिङ सकेट ग्रिलभित्र राखिएको छ ।

यो कारको रेगुलर भेरिएन्टमा १६.२ किलोवाट लिथियम आयोन ब्याट्रीले पहिलेको तुलनामा थप २२ किलोमिटर बढी माइलेज दिनेछ । नयाँ कारले एकपटक चार्ज गरेपछि १६५ किलोमिटर माइलेज दिनेछ भने एक्सटेन्डेन्ट भेरिएन्टको माइलेज २१३ किलोमिटर प्रति चार्ज रहेको छ । यो कारलाई ८० किलोमिटर प्रतिघन्टाको गतिमा कुदाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको...

स्टाइलिस लुक्स र उन्नत सुविधासहित टाटा अल्ट्रोज फेसलिफ्ट लन्च

स्टाइलिस लुक्स र उन्नत सुविधासहित टाटा अल्ट्रोज फेसलिफ्ट लन्च

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्ट्रोजको नयाँ फेसलिफ्ट...

टाटा कर्भ ईभीको के २ के यात्रा सम्पन्न, बन्याे नयाँ रेकर्ड

टाटा कर्भ ईभीको के २ के यात्रा सम्पन्न, बन्याे नयाँ रेकर्ड

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...