टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय कार टियागो ईभीको मूल्यमा १ लाख रुपैयाँले वृद्धि गरेको छ । यसको शुरुवाती मूल्य योजना समाप्त भएको जानकारी दिदै कम्पनीले मूल्य वृद्धि भएको जानकारी सार्वजनिक गरेको हो ।

गत भदौ महिनामा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो ईभीे नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो । टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको भनाइ छ ।

हालसम्म सो गाडीका १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ ।

सो गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्च सम्म लम्ब्याइएको थियो । कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिख देखि टियागो ईभीको सुरुवाती मुल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको छ ।

हाल नेपाली बजारमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन् । यी गाडीको मूल्य क्रमशः २६ लाख ४९ हजार, २७ लाख ९९ हजार र २८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

त्यतिबेला सर्ट रेन्ज अर्थात सवैभन्दा सस्तो एमआर एक्सई भेरिएन्टको मूल्य २२ लाख तोकिएको थियो भने एमआर एक्सटीको २३ लाख रुपैयाँ तोकिएको थियो । तर अहिले भने बिक्रीका लागि लङ रेन्ज मात्र उपलब्ध छ ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्। दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सेरेसको दोस्रो शोरुम ललितपुरको थसिखेलमा विस्तार

सेरेसको दोस्रो शोरुम ललितपुरको थसिखेलमा विस्तार

ललितपुर– नेपाली अटो बजारमा चर्चा कमाउँदै गरेको नयाँ ईभी ब्राँन्ड सेरेसले...

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट  ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

नेपाली अटोमोबाइल क्षेत्रमा यमुना श्रेष्ठ चिनाइरहनु पर्ने नाम होइन । गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...