सफारी, ह्यारियर र नेक्सनको टप भेरियन्टमा फिचर्स थप गरेर टाटाले ल्यायो जेट एडिसन
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...
टाटा मोटर्सले भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यद्यपि हाल सो कारको १० हजार युनिट मात्र बुकिङको लागि खुल्ला गरिएको छ । सो कार ५ रङमा उपलब्ध छ ।
टाटा टियागो इलेक्ट्रिक कारको मूल्य ब्याट्री प्याक, चार्जिङ विकल्प र भेरिएन्टका आधारमा फरक छ । यसको प्रारम्भिक मूल्य ८ लाख ४९ हजार भारु र टप भेरियन्टको ११ लाख ७९ हजार भारु तोकिएको छ ।
कम्पनीले अक्टोबर १० देखि टियागो ईभी बुकिङ सुरु गर्नेछ, जबकि यसको डेलिभरी जनवरीबाट सुरु हुनेछ । साथै, हाल टाटा इलेक्ट्रिक कार ग्राहकहरुका लागि १० हजार युनिट मध्ये २ हजार युनिटको लागि बुकिङ खोलिएको छ ।
टाटा टियागो ईभीमा सामान्य र फास्ट चार्जिङको विकल्प दिइएको छ । ३.३ किलोवाटको सामान्य चार्जरबाट फुल चार्ज हुन ५ देखि ६.५ घण्टा लाग्छ र ७.२ किलोवाटको एसी फास्ट चार्जरबाट १० प्रतिशत देखि १०० प्रतिशत सम्म चार्ज हुन ३.६ घण्टा लाग्छ । डीसी फास्ट चार्जरबाट ५७ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १५ एम्पीयर पोर्टेबल चार्जिङको विकल्प पनि दिइएको छ ।
टाटा टियागो ईभीमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको कनेक्टिभिटी उपलब्ध छ । यसको मद्दतले रियल टाइम चार्ज स्टाटस, कारको लोकेशन र एसी अन÷अफ गर्न सकिन्छ ।
कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता सेफ्टी फिचर उपलब्ध छ ।
टाटा टियागो ईभी लेटेस्ट जिपट्रोन प्लेटफर्ममा तयार गरिएको हो । यसको अगाडि २ वटा एयरब्याग दिइएको छ । आकस्मिक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि ईबीडीको साथमा एबीएस सिस्टम जडान गरिएको छ । साथै पार्किङको लागि रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...
टाटा मोटर्सले भारतमा पहिले देखि नै प्रतीक्षामा रहेको नयाँ माइक्रो एसयूभी...
टाटाले गत अटो एक्सपोमा प्रदर्शन गरेको ‘एचबीएक्स’ कोडनेमको कन्सेप्ट कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...