आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, पहिलो पटक एकै महिनामा बेच्यो ४० हजार कार
पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...
टाटा मोटर्सले भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यद्यपि हाल सो कारको १० हजार युनिट मात्र बुकिङको लागि खुल्ला गरिएको छ । सो कार ५ रङमा उपलब्ध छ ।
टाटा टियागो इलेक्ट्रिक कारको मूल्य ब्याट्री प्याक, चार्जिङ विकल्प र भेरिएन्टका आधारमा फरक छ । यसको प्रारम्भिक मूल्य ८ लाख ४९ हजार भारु र टप भेरियन्टको ११ लाख ७९ हजार भारु तोकिएको छ ।
कम्पनीले अक्टोबर १० देखि टियागो ईभी बुकिङ सुरु गर्नेछ, जबकि यसको डेलिभरी जनवरीबाट सुरु हुनेछ । साथै, हाल टाटा इलेक्ट्रिक कार ग्राहकहरुका लागि १० हजार युनिट मध्ये २ हजार युनिटको लागि बुकिङ खोलिएको छ ।
टाटा टियागो ईभीमा सामान्य र फास्ट चार्जिङको विकल्प दिइएको छ । ३.३ किलोवाटको सामान्य चार्जरबाट फुल चार्ज हुन ५ देखि ६.५ घण्टा लाग्छ र ७.२ किलोवाटको एसी फास्ट चार्जरबाट १० प्रतिशत देखि १०० प्रतिशत सम्म चार्ज हुन ३.६ घण्टा लाग्छ । डीसी फास्ट चार्जरबाट ५७ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १५ एम्पीयर पोर्टेबल चार्जिङको विकल्प पनि दिइएको छ ।
टाटा टियागो ईभीमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको कनेक्टिभिटी उपलब्ध छ । यसको मद्दतले रियल टाइम चार्ज स्टाटस, कारको लोकेशन र एसी अन÷अफ गर्न सकिन्छ ।
कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता सेफ्टी फिचर उपलब्ध छ ।
टाटा टियागो ईभी लेटेस्ट जिपट्रोन प्लेटफर्ममा तयार गरिएको हो । यसको अगाडि २ वटा एयरब्याग दिइएको छ । आकस्मिक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि ईबीडीको साथमा एबीएस सिस्टम जडान गरिएको छ । साथै पार्किङको लागि रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।
पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...
टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...
टाटा मोटर्सको सर्बाधिक लोकप्रिय एसयूभी नेक्सन फेसलिफ्ट सेप्टेम्वरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...