अटो शो–२०२३ मा ५०० बढी टाटा टियागो इभीको बुकिङ

काठमाडौं– नाडा अटो शो–२०२३ मा ५०० बढी टीयागो ईभी बिक्री बुक भएको छ । टाटा मोर्टसको नेपालका लागी आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म आयोजना भएको मेलामा यति धेरै टियागो ईभीको बुकिङ लिन सफल भएको हो । सुरुवाती मूल्य २२ लाख रुपैयाँ निर्धारण गरेर कम्पनीले यसको वुकिङ लिएको थियो ।

साथै मेलामा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए । उनले भने, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपिएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौ ।’

टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता जस्ता पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । यो नयाँ ईभीमा क्रुज कन्ट्रोल, अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । आरामको लागि यसमा पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु पाउन सकिन्छ । नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्ने कम्पनीले दावी गरेको छ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता फिचरहरु छन् ।

सम्बन्धित समाचारहरू

गोगोरोले नक्सालमा खोल्यो पहिलो एक्सपिरियन्स सेन्टर, ग-यो स्वापिङ प्लानको घोषणा

गोगोरोले नक्सालमा खोल्यो पहिलो एक्सपिरियन्स सेन्टर, ग-यो स्वापिङ प्लानको घोषणा

काठमाडौं–ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा...

१० नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार पार्दै होन्डा

१० नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार पार्दै होन्डा

जापनिज टु ह्विलर निर्माता होन्डाले भारतीय बजारलाई लक्षित गरी १० वटा नयाँ...

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

चीनको दोस्रो ठूलो अटोमोबाइल ग्रुप चांगानले इन्टेलिजेन्ट कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...