५ हाजरमै टियागो ईभी वुक गर्न सकिने, गाडी हात पार्न ४ महिना सम्म कुनुपर्ने

काठमाडौं– टाटा टियागो ईभीले नाडा अटो शो–२०२३ मा सर्बाधिक चर्चा कमाइरहेको छ । शुरुवाती मुल्य २२ लाख रुपैयाँ निर्धारण भएर बिक्री शुरु भएको यो ह्याचव्याक कार सस्तो मूल्यका कारण चर्चित वनेको हो । टियागोलाई टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ५ हजार लिएर वुकिङ लिँदै आएको छ ।

एकदमै कम रकममा वुकिङ लिएपछि यो कार वुकिङ गर्नेको संख्या वढिरहेको छ । कम्पनी स्रोतका अनुुसार हालसम्म ४ सय हाराहारी ग्राहकले टियागो ईभी वुक गरिसकेको छन् ।

यसरी वुक गर्नेहरुमध्ये अधिकांशले कम्पनीलाई गाडी कहिलेसम्म हात पर्छ भनेर सोध्ने गरेका छन् । साथै उनीहरुले गाडीको टेष्ट ड्राइभ पश्चात चित्त नवुझे वुकिङ रद्ध गर्न मिल्छ कि मिल्दैन भनेर समेत जिज्ञासा राख्दै आएका छन् । उनीहरुले नेक्सन ईभीको प्राइभ भेरिएन्टमा जस्तो यसमा पनि रेन्ज एन्जाईटीको समस्या छ कि छैन भनेर समेत जिज्ञासा राख्ने गरेका छन् ।

ग्राहकको यस्तो जिज्ञासामा कम्पनीले गाडी हात पार्न भेरिएन्ट हेरेर कम्तीमा ४ महिनासम्म कुर्नुपर्ने जवाफ दिँदै आएको छ भने टेष्ट ड्राइभ पश्चात चित्त नवुझे वुकिङ रद्ध गर्न मिल्ने विकल्प दिएको छ । थोरै रकम तिरेर वुकिङ गर्न मिल्ने र चित्त नवुझे रद्ध गर्नसमेत मिल्ने विकल्प पाएपछि आफूले पनि टियागो वुक गरेको एकजना ग्राहकले नेपाल अटोलाई वताए ।

टीयागो ईभीलाई सिप्रदीले ५ भेरिएन्टमा नेपाल ल्याएको हो । जसमध्य सवैभन्दा सस्तो एमआर एक्सई भेरिएन्टको मूल्य २२ लाख तोकिएको छ । यसैगरी एमआर एक्सटीको २३ लाख, एलआर एक्सटीको २५ लाख ४९ हजार, एलआर एक्सजेड प्लसको २७ लाख र एलआर एक्सजेड प्लस टेकलाई २८ लाख पर्छ

टाटाले टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर दिएको छ । वाँकी तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरू

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले आफ्नै प्राविधिकद्वारा आफ्नै डिजाइन र च्यासिस...

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...