‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने
काठमाडौं – सिप्रदी अटोपार्ट्स प्रालिले “पर्वको बेला टाटा जेन्युइन...
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर इलेक्ट्रिक भर्सनमा ल्याउने योजना बनाएको छ भने पेट्रोल र डिजेल भर्सन अर्को वर्षको सुरुवातमा लन्च गर्ने तयारी गरेको छ ।
कम्पनीले सो मोडलको बारेमा केही जानकारी दिएको छैन । यद्यपि रिपोर्टका अनुसार यसको इलेक्ट्रिक मोडलमा ६५ किलोवाटदेखि ७५ किलोवाट क्षमतासम्मको ब्याट्री प्याक हुने अनुमान गरिएको छ। साथै पेट्रोलमा १.५ लिटर र डिजेलमा २.० लिटर इन्जिन विकल्प उपलब्ध हुने अनुमान गरिएको छ ।
सो एसयूभीमा ३ ठूला स्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, लेभल २ एडीएएस, ३६० डिग्री क्यामेरा, हेड-अप डिस्प्ले, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र ड्यासक्याम जस्ता फिचर हुनेछ । यसले क्रेटालाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।
यसैगरी, नयाँ पुस्ताको रेनो डस्टर पनि बजार प्रवेशको तयारीमा छ। पूर्ण रूपमा नयाँ डिजाइन र आकर्षक लुकसहित आउने डस्टर २०२६ को सुरुवातमा लन्च हुने विश्वास गरिएको छ। यो पेट्रोल, हाइब्रिड र सीएनजी विकल्पमा उपलब्ध हुनेछ। यो मध्यम आकारको एसयूभी हुने अपेक्षा गरिएको छ।
निसानले पनि आफ्नो नयाँ मिडसाइज एसयूभी ल्याउने तयारी गरेको छ। यो रेनो डस्टरसँगै समान प्लेटफर्ममा आधारित हुनेछ। कम्पनीले यसलाई विश्वस्तरीय डिजाइन, उच्च पावर, परफर्मेन्स र अत्याधुनिक सुविधासहित ल्याउने लक्ष्य राखेको छ।
काठमाडौं – सिप्रदी अटोपार्ट्स प्रालिले “पर्वको बेला टाटा जेन्युइन...
टाटा मोटर्सले आफ्नो सबैभन्दा लोकप्रिय कार टाटा नेक्सनको पेट्रोल र डिजेल...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...