टाटा गाडीको सर्भिस सेन्टर अब बागलुङमा, पार्ट्समा २२ प्रतिशत छुट

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कमर्सियल गाडीहरुको सर्भिस बागलुङबाट पनि सुरु गरेको छ। कम्पनीले बिहीबार उक्त सर्भिस सेन्टरको उद्‍घाटन गरेको हो।

टाटा कमर्सियल गाडीहरुको यो २६ औं सर्भिस सेन्टर हो। टाटाका गाडी बिक्रीसँगै चाहिने सेवा विस्तार गर्दै लैजाने लक्ष्यअनुसार बागलुङमा पनि सर्भिस सेन्टर खोलिएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए। बिक्री पछिको सेवाहरु प्रदान गरिने जानकारी उनले दिए।

ग्राहकको चाहना र आवश्यकतालाई प्राथमिकतामा दिएर सिप्रदीले टाटाका जेन्युइन पार्ट्स तथा लुब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ।

त्यसैगरी, टाटा प्रोटेक्ट अन्तर्गतको सेवा तथा सुविधाहरुको माध्यम बाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरी गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिदै आएको श्रेष्ठले बताए।

सिप्रदीको बागलुङ शाखाबाट टाटा गाडीका ग्राहकहरुलाई आवश्यक जेन्युइन पार्ट्स तथा लुब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्समा २२ प्रतिशतसम्म र आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्नेछन्। टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टाभित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ।

यदि यसरी सर्भिस प्रदान नभएमा प्रतिदिन ११०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। त्यसैगरी, कम्पनीले एक्सिडेन्टल कार्यहरुको लागि नगदरहित बीमा दाबी सुविधाको साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गरेको छ।

ग्राहकहरुको गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको एएमसी सुविधाहरु पनि प्रदान गरिएको छ। ‘अफरोड’ गाडीहरुका लागि टाटा अलर्टअन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टाभित्र समस्याको समाधान गर्नेछ।

उक्त सर्भिस सेन्टरसँगै अब सिप्रदीले २६ वटा आफ्नै शाखा, ८ वटा आधिकारिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेजबाट सेवा दिइरहेको छ। नेपालभर सिप्रदीका सर्भिस सेन्टर ५५ पुगेका छन्।

सम्बन्धित समाचारहरू

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

टाटा पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७० प्रतिशत सम्म कर्जा दिने

टाटा पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – टाटाका पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७०...

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

टाटाले छिट्टै लन्च गर्ने तयारी गरिरहेको पन्च फेसलिफ्टको उत्पादन संस्करण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...