टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ योजना ल्याएको छ।

सो अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख रुपैयाँको डाउनपेमेन्टमा किन्न सक्नेछन्। यो योजनाबाट देशमै रहेर रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सक्ने विश्वास लिएको कम्पनीको भनाइ छ।

सिप्रदी ट्रेडिङ कमर्सियल भेइकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणि ढकालले विदेशिने क्रम तीब्र भइरहेका बेला स्वदेशमै उद्यमशिल बन्नका लागि यस प्रकारको योजना ल्याएको बताए। योजना ल्याउनेवित्तिकै सोधपुछ गर्ने संख्या ह्वातै बढेको उनको भनाइ छ ।

बजारको माग र देशबाट युवा तीब्र रुपमा पलायन भएको अवस्थालाई हेरेर अभियान चलाएको कम्पनीको भनाइ छ । सिप्रदीले यो भन्दा पहिले पनि कोभिडका बेला वैदेशिक रोजगारमा गएर फर्केका युवाहरुका लािग सिप्रदीले यस्तै प्रकारको स्वावलम्बी अभियान संचालन गरेको थियो।

सम्बन्धित समाचारहरू

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

सुरक्षाका हिसाबले कारको सेफ्टी परिक्षण हुनु आवश्यक छ । कारको सुरक्षा जाँच...

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...