टाटा पन्चको बिक्री ७ लाख युनिट नाघ्यो, सबैभन्दा छिटो बिक्री हुने मोडलका रुपमा स्थापित

टाटा मोटर्सको सर्बाधिक लोकप्रिय सव–कम्प्याक्ट एसयुभी पन्च ७ लाख युनिटभन्दा बढी बिक्री भएको छ । ४ वर्षको छोटो अवधीमै टाटाले पन्चको बिक्री ७ लाख युनिट नघाएको हो ।

टाटा मोटर्सका अनुसार, पन्च भारतमा ७ लाख युनिटको आँकडा पार गर्ने सबैभन्दा छिटो बिक्री हुने मोडेल बनेको छ । जनवरी २०२५ मा ५ लाख बिक्रीको माइलस्टोन हासिल गरेको यस एसयुभीले पछिल्लो १२ महिनामा थप २ लाख युनिट बिक्री पाएको हो ।

टाटाले यस वर्ष जनवरीमा पन्च फेसलिफ्ट सार्वजनिक गरेको थियो ।सबकम्प्याक्ट एसयूभीको फिचर र लुक्समा ब्यापक अपडेट गरिएको छ । फेसलिफ्ट भर्सनको मूल्य ५ लाख ५९ हजार भारु निर्धारण गरिएको छ ।

पन्च १.२ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन, १.२ लिटर टर्बो पेट्रोल, सिएनजी र ईभी भर्सनमा उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा भने यसको ईभी भर्सन लोकप्रिय बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पुणे प्लान्टबाट टाटा ह्यारियर ईभीको उत्पादन सुरु, डेलिभरी यसै महिनादेखि

पुणे प्लान्टबाट टाटा ह्यारियर ईभीको उत्पादन सुरु, डेलिभरी यसै महिनादेखि

टाटा मोटर्सले आफ्नो पुणे प्लान्टबाट ह्यारियर ईभीको उत्पादन सुरु गरेको छ ।...

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

हाल सम्मकै सस्तो ईभी टाटा टियागो ईभीका यस्ता छन् ५ फिचर

टाटा मोटर्सले भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...