भविष्यमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार बन्न सक्छ टाटा पन्च

टाटा मोटर्सले हालै भारतीय बजारका लागि सार्वजनिक गरेको टाटा पन्चको चर्चा चुलिदै छ । आकर्षक डिजाइनमा कम मूल्यमै उपलब्ध हुने अनुमान गरिएको यो कार हेर्दा जति राम्रो छ, पर्फमेन्स पनि उति नै राम्रो हुने बताइएको छ ।

टाटा मोटर्सले भविष्यमा टाटा पन्चको इलेक्ट्रिक भर्सन समेत सार्वजनिक गर्ने अनुमान समेत गर्न थालिएको छ । धेरै आधारहरु भएकैले अनलाइन मिडियाहरुले यो तर्क गरेका हुन् ।

टाटाले यो भन्दा पहिले बजारमा ल्याएको लोकप्रिय कारहरु नेक्सन, टिगोर, अल्ट्रोज आदि सबैको इलेक्ट्रिक भर्सन समेत बजारमा ल्याएको छ । नेक्सन ईभी पहिले देखि नै बजारमा उपलब्ध छ भने टिगोर ईभीको नयाँ भर्सन हालै सार्वजनिक गरिएको छ । अल्ट्रोज पनि इलेक्ट्रिकमा आउने पक्का भइसकेको छ । यो अवस्थामा आगामी दिनमा टाटा पन्च समेत इलेक्ट्रिक भर्सनमा आउने अनुमान गरिएको हो ।

त्यसैगरी टाटा मोटर्सले आगामी सन् २०२५ सम्म १० वटा इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरिसकेको छ । इलेक्ट्रिक मोबिलिटीमा आफ्नो उपस्थिति मजबुत बनाउनका लागि टाटाले आफ्ना लोकप्रिय कारलाई इलेक्ट्रिक भर्सनमा ल्याउने लागेको सहजै अनुमान गर्न सकिन्छ । यसैको परिणाम स्वरुप पहिलो चरणमा अल्ट्रोजलाई इलेक्ट्रिक भर्सनमा ल्याउने तयारी थालिएको हो ।

टाटा मोटर्सले हालै सबै इलेक्ट्रिक कारमा जिपट्रोन प्रविधिको प्रयोग गर्न थालेको छ । नेक्सन ईभी, अल्ट्रोज ईभी र टिगोर ईभीमा यही प्रविधि प्रयोग भएको छ । आगामी दिनमा आउने सबै इलेक्ट्रिक कारमा यही प्रविधि प्रयोग हुने अनुमान गर्न सकिन्छ । हालै सार्वजनिक गरिएको नयाँ टिगोर ईभीमा प्रयोग गरिएको यही प्रविधिका कारण यसमा भएको ब्याट्रीले ३०६ किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । यसले गर्दा भविष्यमा बजारमा उपलब्ध हुने टाटाका इलेक्ट्रिक कार शक्तिशाली हुनुका साथै बढी रेन्ज दिने समेत हुने अनुमान गरिएको छ ।

टाटाका अपकमिङ सबै कारको रेन्ज ३ सय किलोमिटर भन्दा बढी हुनेछ । त्यसैगरी टाटाले इलेक्ट्रिक कारका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान केन्द्रीत गर्नेछ । भारत मात्र होइन, नेपाली बजारमा समेत टाटा मोटर्सले विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यलाई तीव्रता दिनेछ । यही कुरालाई मनन गरी नेपालमा पनि चार्जिङ स्टेशन निर्माण अभियानमा टाटा मोटर्स समेत लागेको छ ।

सम्बन्धित समाचारहरू

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...

नाडा अटो शोमा एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरलाई सिप्रदी ट्रेडिङको सम्मान

नाडा अटो शोमा एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरलाई सिप्रदी ट्रेडिङको सम्मान

काठमाडौं–नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु-याउँदै...

टाटाले सार्वजनिक ग-यो पन्च एसयूभी, म्याग्नाइट र काइगरसँग प्रतिस्पर्धा हुने

टाटाले सार्वजनिक ग-यो पन्च एसयूभी, म्याग्नाइट र काइगरसँग प्रतिस्पर्धा हुने

टाटा मोटर्सले भारतमा पहिले देखि नै प्रतीक्षामा रहेको नयाँ माइक्रो एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...