पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा बुकिङ खुला गरेको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध हुने सो ईभी स्मार्ट, स्मार्ट प्लस, इड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस गरी कुल ५ ट्रिममा सार्बजनिक भएको हो । यसकौ औपचारिक लन्च भने अवको केही समयपछि हुने जनाइएको छ ।

पन्च ईभीमा टाटाले नेक्सनमा जस्तै दुई ब्याट्री अप्सन दिन लागेको समचार यसअघि नै वाहिर आइसकेको छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ भने मोटर क्षमताका बारेमा कम्पनी मौन देखिएको छ । सम्भवत यसमा ७० देखी ८० किलोवाट आवरसम्मको मोटर जडान हुनसक्ने आँकलन गरिएको छ ।

टाटाको जेन २ ईभी आर्किटेक्चसंगै अल्फा प्लेटफर्मममा तयार भएको पन्च ईभीमा लिक्वड कुल्ड ब्याट्री संगै पिएमएस मोटर जडान गरिएको छ । यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम रहेको छ । कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट समेत दिएको छ । यससंगै पन्च यस्तो फिचर उपलब्ध हुने सबैभन्दा सस्तो ईभी बनेको छ । साथै यसमा ३६० डिग्री क्यामेरा समेत पाउन सकिन्छ ।

सो नयाँ ईभीमा १०.२५ इन्चको टचस्क्रिन, ह्यारियर र सफारी एसयूभीमा जस्तै टु स्पोक स्टेरिङ ह्विल, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइन्ड भ्यू मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस फोन चार्जर, पुस बटन स्टार्ट÷स्टप सहितको किलेस इन्ट्रि र हर्मन साउन्ड सिस्टम लायत फिचर दिइएको छ ।

१२ लाख भारु हाराहारीमा लन्च हुने अनुमान लगाइएको सो ईभीले भारतमा सिट्रोन ई–सी३ र टाटाकै टिगोर ईभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा टाटा ईभीको २ लाख बढी ग्राहक, ८ हजार बढी ईभी १ लाख किलोमिटर गुडेको दाबी

भारतमा टाटा ईभीको २ लाख बढी ग्राहक, ८ हजार बढी ईभी १ लाख किलोमिटर गुडेको दाबी

भारतमा टाटा ईभीको ग्राहक २ लाख बढि पुगेको छ । २०१९ को अन्तिमतिर नेक्सन ईभी...

टाटाले सार्वजनिक ग-यो पन्च एसयूभी, म्याग्नाइट र काइगरसँग प्रतिस्पर्धा हुने

टाटाले सार्वजनिक ग-यो पन्च एसयूभी, म्याग्नाइट र काइगरसँग प्रतिस्पर्धा हुने

टाटा मोटर्सले भारतमा पहिले देखि नै प्रतीक्षामा रहेको नयाँ माइक्रो एसयूभी...

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...